३ चैत, काठमाण्डौ । यतिबेला एमाओवादी अध्यक्ष प्रचण्ड आफ्नो बचेखुचेको शक्ति जोगाउन संर्घष गरिरहेका छन् । त्यसका लागि उनले मोहन बैद्य किरण र बादलसँग आत्मसर्मपण नै गर्न पनि तयार देखिन्छन् ।
प्रचण्ड सुध्रिन पनि नसक्ने र पार पनि नलाग्ने निष्कर्ष निकाले बाबुराम बैद्य र प्रचण्डको गठजोडको जवाफ दिन युवा नेता बिप्लवसँग हिमचिम बढाइरहेका छन् ।
बाबुरामले प्रचण्डबाट नेतृत्व खोसेर आफै वा अरु कुनै नेताले लिने वा त्यो नभए ४० बर्ष हाराहारीका नेतालाई सुम्पिने सोंच बनाएका छन् । प्रचण्ड–बैद्यको समिकरण भत्काउन सकेमा आफुहरु सफल हुने बाबुराम र बिप्लवको योजना रहेको सोमबार प्रकाशित साँघु साप्ताहिकले छापेको छ ।
धोवीघाटका मुख्य खेलाडी बाबुराम र बिप्लव प्रचण्डसँग बैद्यको समिकरण भत्काउन सकिएमा लामो समय आफुअनुकुल राजनीति चल्ने निष्र्कषमा छन् । बिप्लवसँगको सकरात्मक छलफलपछि नै बाबुरामले नयाँ शक्तिको आबश्यकताबारे लेखेको बताइएको छ । पार्टी एकता गरेरै सहकार्य गर्ने वा बैधानिकरुपमा बाबुराम र अबैधानिकरुपमा बिप्लवले तालमेल गर्ने भन्नेमा निष्र्कषमा पुग्न बाँकी रहेको बताइएको छ ।
प्रचण्ड र बैद्यवीच दुई पार्टीवीच एकताका लागि सहमति भइसकेको भएपनि निकै अडकलेर मात्र कार्यकर्तालाई यो कुरा बताइरहेका छन् ।
एमाओबादी अध्यक्ष प्रचण्डले पार्टीभित्र कमजोर हुने अबस्था आयो भने मोहन बैद्यलाई भित्राएर अध्यक्ष पद छाडनेसम्मको चर्चा दुवै माओवादीभित्र हुन थालेको छ ।
केही समयदेखि प्रचण्ड र बैद्य निरन्तर भेटिरहेका छन् । २५ बर्ष पहिले पनि अध्यक्ष मानेकाले अहिले पनि तपाईलाई अध्यक्ष मान्न कठिन हुन्न भन्दै प्रचण्डले बैद्यलाई फकाइरहेका छन् । प्रचण्डको यो गुलियो प्रस्तावले मोहन बैद्य पनि सकारात्मक भएको बताइएको छ ।
अनलाइन खबर
विभिन्न भिडियो को साथ मा मनोरंजन लिन चाहनुहुन्छ भने अबस्यभिजिट गर्नुहोला >> जानिराखौ . कम
विभिन्न भिडियो को साथ मा मनोरंजन लिन चाहनुहुन्छ भने अबस्यभिजिट गर्नुहोला >> जानिराखौ . कम
No comments:
Post a Comment