ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Friday, 5 September 2014

आफ्नै बुहारीको अश्लिल भिडियो बनाएर यौन शोषण

२० भदौ, एजेन्सी ।भारतमा एउटा लज्जाजनक घटना भएको छ । भारतको एक गाउँमा एक पुरुषले आफ्नै बुहारीलाई बलात्कार गरी अश्लिल भिडियो बनाएर निरन्तर यौन शोषण गरेको खुलासा भएको हो । 
कोतवाली क्षेत्रमा पर्ने एक गाउँमा सात महिनाकी गर्भवती महिलाले डिएनए परीक्षण गराउन माग गर्दै उजुरी दिएपछि यस्तो घटना बाहिर आएको हो ।

यो गर्भ ससुराको रहेको भन्दै ती महिलाले गर्भपतन गराउन अनुमति समेत मागेकी छिन् । ती महिलाले आफ्न ससुरालाई कारवाही गर्न समेत उनले उजुरी गरेकी छिन् ।सन् २०१३ को मार्च ३० मा विवाह भएकी ती महिलाका श्रीमान विवाह भएको छ दिन पछि नै पैसा कमाउन साउदी गएका थिए । त्यस लगत्तै उनीमाथि ससुराले गिद्धे दृष्टी लगाए । तर उनले ससुराको ब्यवहारबारे सासुलाई भनेपछि सासुले उल्टै चुपचाप बस्न चेतावनी दिइन् ।

श्रीमानलाई यो कुरा भन्दा उनले फोन गर्नै छोडिदिए । सन् २०१३ को जुलाईमा आफू घरमा एक्लै भएको समयमा आफूलाई जवर्जस्ती गरेर ससुराले भिडियो क्लिप समेत बनाएको उनको भनाइ छ ।त्यसपछि निरन्तर त्यही क्लिप देखाएर यौन सम्बन्ध नराखे भिडियो इन्टरनेटमा राख्ने धम्की दिँदै यौन सम्बन्ध राख्न बाध्य तुल्याएको उजुरी महिलाले पुलिसमा गरेकी छिन् ।ससुरासँगको सम्बन्धकै कारण उनी गर्भवती समेत भइन् । त्यसपछि ससुराले उनलाई घरबाट निकाला गर्ने घोषणा गरे । त्यसपछि मात्र उनी पुलिसमा उजुरी गर्न पुगिन् ।
 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस 

''
Download

Wednesday, 3 September 2014

सेक्सका लागि उत्तेजित पारेर ब्लू फिल्म बनाउँदै ब्ल्याकमेल गर्दथिन् यी नायिका

बैंगलोर (एजेन्सी)– दक्षिण भारतको थपै्र फिल्ममा काम गरिसकेकी र अहिले टेलिसिरियलसँग जोडिएकी अभिनेत्री नयाना कृष्णालाई धनी पुरुषहरुलाई फसाएर उनीहरुलाई ब्ल्याकमेल गरि मोटो रकम असुल्ने गरेको आरोप लागेको छ । यसै आरोपमा पुलिसले उनलाई पक्राउ गरेपनि उनी पुलिसको पञ्जाबाट फुस्किन सफल 
भइन् । यो घटनामा पुलिसले तीनजना मानिसहरुलाई पक्राउ गरेको छ र नयानाको पक्राउका लागि सम्भावित ठाउँहरुमा खोजतलास जारी राखेको छ । यो पुरै घटनामा अचम्मको कुरा के छ भने यो काण्डमा नायनासँग दुईजना पुलिस र केहि न्यूज च्यानलका मानिसहरुको पनि संलग्नता पाइएको छ । प्राप्त जानकारीका अनुसार उक्त घटनाको खुलासा त्यतिबेला भयो जब एक डाक्टरले पुलिसलाई नयानाले उनलाई ब्ल्याकमेल गरिरहेको उजुरी दिए । एक स्थानिय न्यूज च्यानलमा भिडियो सम्पादकको रुपमा काम गर्ने हेमन्त कुमार र अर्का न्यूज च्यानलका ट्रान्सपोर्ट कोओर्डिनेटर सुनिल कुमार, पुलिस कन्सटेबल मलेश र रघुसँगको सहकार्यमा नयानाले मानिसहरुलाई ब्ल्याकमेल गर्दै आएकी बताइएको छ । मलेश, हेमन्त र सुनिललाई पुलिसले पक्राउ गरिसकेको जानकारीमा उल्लेख छ । पुलिसले बताए अनुसार घटना १६ जुनको हो जब यी मानिसहरुले ६८ वर्षीय चिकित्सकको क्लिनिकमा नयानालाई पठाए । चिकित्सकले बताए कि नयानाले उनलाई सेक्सको लागि उत्तेजित गराइन् र पूरै दृश्यलाई रेकर्ड गरिन् । उक्त घटना भएको दुई दिनपछि फोन आयो जसमा आरोपीले उनीसँग एक करोड मागिन् । पैसा नदिएको खण्डमा उक्त भिडियो टिभि च्यानलमार्फत सार्वजनिक गरिने धम्कीसमेत दिइयो । मलेशले एक करोडलाई कम गरेर २५ लाख रुपैयाँमा झारिदिएको बताइएको छ । आरोपीहरुलाई एक लाख रपैँया दिइसकेपछि डाक्टरले पुलिसलाई यो घटनाको जानकारी दिएको पुलिसले बताए ।रातो पाटि 

''
Download

१८ वर्षकी किशोरीको गराइयो कुकुर सँग बिहे (फोटोफिचर सहित)

मान्छेले मान्छेसँगै बिहे गर्छ । हिन्दु परम्परामा बेलसँग पनि बिहे गर्ने चलन छ । तर के मान्छेको विवाह कुकुरसँग भएको सुन्नुभएको छ ?भारतको भारखण्डस्थित एक गाउँमा एक १८ वर्षीया किशोरीको विवाह कुकुरसँग भएको छ । मंगली मुण्डा नामकी ती किशोरीको एक परम्परागत समारोहबीच शेरु नामको भाले कुकुरसँग विहे गरिएको हो ।

उनको भाग्य खराब रहेको र सुरुमा कुनै पुरुषसँग बिहे गरेमा ग्रहदशाले निकै नराम्रो फल दिने भनेर एक गुरुले भविष्यवाणी गरेपछि उनले नै दिएको सल्लाह बमोजिम पूर्वी भारतको एक गाउँकी ती युवतीको कुकुरसँग बिहे गराइयो ।कुकुरसँग बिहे भैरहँदा विवाह मण्डपमा बेहुली मंगली खुसी देखिन्नथिन् तर विचरो कुकुर भने मस्त थियो । उसलाई कारमा चढाएर विवाह मण्डपमा ल्याइएको थियो र केटी पक्षका मानिसले स्वागत समेत गरेका थिए फूलमाला लगाइदिएर ।

अहिलेसम्म स्कुल नगएकी निरक्षर मंगलीले आफुलाई कुकुरसँग बिहे गर्दा खुसी नलागेको भएपनि अब आफ्नो भाग्य बदलिने विश्वास व्यक्त गरेकी छिन् ।‘गाउँका बुढापाकाकै सल्लाह अनुसार मैले कुकुरसँग बिहे गरेकी हुँ र मेरो खराब दशा अब कुकुरमा सर्नेछ’ उनले भनेकी छिन् ।

कुकुरसँग बिहे गरेपछि अब आफुले बिहे गर्ने मान्छेको लामो आयु हुने उनको विश्वास छ ।मंगलीका बुवा श्री अमुन्दा पनि यो कुरामा सहमत छन् । उनले आफ्नी छोरीका लागि सुहाउने भुस्याहा कुकुर शेरु खोजेर ल्याएका थिए । छोरीलाई खराब दशाबाट जोगाउने एकमात्र उपाय भनेको कुकुरसँग बिहे गर्नु रहेको उनको ठम्याइ छ । आफ्नी छोरीसँग बिहे गरेको त्यो ज्वाइँ कुकुरलाई अब मंगलीका बाउआमाले ज्वाइँलाई जस्तै गरी सम्मान र स्याहार गर्नेछन् । अबका केही महिनासम्म मंगली आफैले त्यो कुकुरको स्याहार गर्नुपर्नेछ, स्वामीका रुपमा ।

उक्त गाउँमा यसअघि पनि खराब दशा भएका किशोरीहरुको कुकुरसँग बिहे गरिदिएर ग्रहशान्ती गर्ने चलन रहेछ । कुकुरसँग बिहे गर्ने केटीहरुलाई झनै राम्रो मानिँदो रहेछ ।मंगली भन्छिन्, ‘मैले एक दिन कुनै पुरुषसँग बिहे गर्नेछु । आफ्नो मन परेको राजकुमारसँग बिहे गर्ने सबै केटीहरुको सपना हुन्छ । त्यसैले मैले पनि मेरो राजकुमारलाई पर्खिरहेकी छु ।’
भिडियो हेर्न तल को बिज्ञापन मा क्लिक गर्नु होला

''
Download

Saturday, 23 August 2014

आँपको रुखमा राजकुमारी चौधरीका २६ घण्टा !

गृहमन्त्री वामदेव गौतमको गृहजिल्ला बर्दियामा राजकुमारी थारुसहित ११ जनाले बबई नदीको बाढी छल्न २६ घण्टा रुख चढेर बिताए । रुखमा ६ महिनाको बच्चादेखि ७० वर्षकी वृद्धासमेत थिए । रुखको हाँगामा बसेर मृत्युलाई जित्न सफल रामकुमारीले सेभ द चिल्ड्रेनद्वारा वितरीत राहत थाप्न आउँदा उक्त त्रासदीपूर्ण घटनाबारे यसरी वर्णन गरिन्:
आपतमा परेपछि लाज पनि हराउँदो रहेछ, दिशा-पिसाब आउँदा रुखबाटै छाडिदिन्थ्यौं, तल्लो हाँगामा बसेकालाई लाग्थ्यो ।
बिहानको ५ बजेको हुँदो हो, बबई नदी बढेर आयो । एकै छिनमा घरको छाप्रो भत्कायो । भागौं, कता जाउँ ? जतात्यतै पानी नै पानी । घर नजिकैको सिसमको रुखमा लोग्ने र तीन छोरीसहित चढेर बस्यौं ।
दिनभरि बसेपछि साँझमा त्यो रुख पनि बगाउँछ जस्तो डर लाग्यो । त्यसपछि बाढीमा बगाएर ल्याएको रुखको सहाराले नजिकै रहेको आँपको रुखमा सर्‍यौं र त्यही रुखमा रात कटायौं । त्यो रुखमा हामी ११ जना थियौं । त्यहाँ रहेकी गर्भी थारु ७० वर्षकी थिइन् ।
छिमेकी कमला गुरुङ्ग आफ्नो ६ महिनाको नानी लिएर रुखमा हामीसँगै बसेकी थिइन् । कमला बेलाबखत बेहोस हुने र बान्ता गर्ने गरेपछि उनलाई र उनको बच्चालाई बचाउन गाह्रो भयो । कमलाका पति विजय गुरुङ्ग भारतको दिल्लीमा कमाउन गएका थिए । बाढीका कारणले उनी बाटैमा थुनिएका थिए ।
अहिले कमला र बच्चा दुबै बिरामी छन् । उनी भुरीगाउँमा देवरका घरमा आश्रय लिइरहेकी छन् । गर्भी पनि विरामी भएर उपचार गराइरहेकी छन् ।
रुखमा हामी ११ जनाले ज्यान जोगाउन झण्डै २६ घण्टा बसेका हौं । शुक्रबार बिहानै ५ बजे रुख चढेका हामी शनिबार बिहान ६ बजे मात्र ओर्लिएका  हौं ।
रुखमा बस्दा आपतमाथि आपत थपियो । जतात्यतै पानी नै पानी थियो । दिसा-पिसाव लाग्दा जहाँ बसेका थियौं, त्यहीँबाट गरिदिन्थ्यौं । यसो गर्दा तल बस्नेको जिउभरि हुन्थ्यो ।
बाढीले बगाउने डर त छँदै थियो, अर्कोतिर बाढीले बगाएर ल्याएका विषालु सर्पले कतिबेला डस्ने हो, भनेर त्राहीत्राही भइयो । कतिपटक त सर्प टिपेरै फालियो । कतिपटक सर्पसँगै एउटै हाँगामा बसियो ।
विपद र बाढीमा पर्दा राज्यले खोजेर उद्धार गर्छ भन्ने सुनेका थियौं । रेडियोमा हेलीकोप्टरले उद्धार गर्छ भन्ने पनि सुनेका थियौं । तर, २६ घण्टासम्म रुखमा बसेका बेला न त हामीलाई बचाउन कोही आयो, न त हामीले खानका लागि नै केही पायौं ।
रुखबाट ओर्लिएपछि नजिकै रहेको आफन्तको घरमा पुगेर झण्डै ४८ घण्टापछि मात्रै केही खानेकुरा खान पाएको हौं । हामी विपन्न र गरिबका लागि राज्यले उद्धारमा लागि न चासो देखायो, न त राहत लिएर नै आयो ।
विपतमा परेकालाई बचाउन हेलिकोप्टर आउने यसअघि रेडियोबाट सुन्ने गरेका थियौं । तर, हामीलाई बचाउन कोही न कोही त आउलान् कि भन्दै आशैआशमा दिन र रात बिताइयो । हामीजस्ता गरिवको उद्धार गर्न कोही आएन ।
तस्बिर/समाचार अनलाइनखबर साभार

''
Download

Sunday, 17 August 2014

पति बिदेशिएका पत्नीहरुको नेपालमा रमिता,यसरी डुब्दैछन् खाडीका 'लाहुरेहरु'

संखुवासभा, मादी मूलखर्कका रत्नमणि अधिकारी पैसा कमाउने सपना बोकेर कतार हानिए। त्यहाँ खटेर कमाएको पैसा घरमा रहेकी श्रीमती निर्मलाका नाममा पठाइदिन्थे। त्यो पैसाले घर फर्किएर सुखका दिन काट्ने सपना थियो उनको। गत वैशाखमा घर आइपुगेका रत्नमणिको त्यो सपना छिनभरमै टुट्यो। पैसा र गहना गरी पाँच लाख रुपैयाँभन्दा बढी कुम्ल्याएर निर्मला हिडिँछन्। त्यसपछि विक्षिप्त बनेका रत्नमणिले घर आएकै रात आत्महत्या गरे। श्रीमतीले ढुकुटी खेलाएर १ करोड ५० लाख रुपैयाँ डुबाएपछि इटहरीका मधु राई पागलजस्तो भएका छन्। इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेपछि मधु दम्पती प्रहरी कार्यालय धाउँदै छ। आफूले थाहै नपाई श्रीमतीले गरेको खर्च तिर्न बाध्य छन् मधु। कोरिया गएका मोरङ, बेलबारीका ज्ञानु कुँवरको सपना पनि श्रीमतीले नै चकनाचुर पारिदिइन्। ज्ञानुले कोरियाबाट करिब ६० लाख रुपैयाँ पठाएका थिए। घर आउँदा श्रीमतीको बास अर्कै युवासँग रहेको देखेपछि ज्ञानुको हंसले ठाउँ छोड्यो। उनी सीधै बेलबारी प्रहरी चौकी पुगे। र, उजुरी दिए। प्रहरीले दुवैलाई राखेर सोधपुछ गर्योु। प्रहरी कार्यालयमा श्रीमतीले ठाडै भनिन् ‘तैँले पठाएको पैसा तेरो सिन्दुर लगाएकै बेला खर्च भयो, कुनै हिसाब छैन, के गर्न सक्छस्?’ श्रीमानले रुँदै पत्रकार सम्मेलन गरेर आफूले कमाएको सम्पत्ति फिर्ताका लागि पहल गरिदिन गुहारे। तर, उनले न्याय पाएनन्। पुरुषप्रधान भनिने नेपाली समाजका पुरुष पीडित भएका घटना हुन् यी। श्रीमतीले सम्पत्ति लिएर हिँडेपछि लोकलाजका डरले पुरुषहरू पीडा सहेर बस्न बाध्य छन्। दुई वर्षअघि सुर्खेतका आठ पुरुषले श्रीमतीबाट पीडित भएको भन्दै मेलमिलाप केन्द्र र आवाज नामक संस्थामा उजुरी दिएका थिए। गत वर्ष लमजुङमा ४० प्रतिशत पुरुष पीडित हुने गरेको तथ्यांक जिल्ला प्रहरी कार्यालय लमजुङले सार्वजनिक गरेको थियो। जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा गत वर्ष पीडित पुरुषका ११ मुद्दा दर्ता भएका थिए। धरानको महिला सञ्जालले चार वर्षमा १ सय ५० घरझगडाका मुद्दा मिलाएको थियो। तीमध्ये २० वटामा पीडित पुरुष थिए। पछिल्लो समय छोटोबाटोबाट पैसा कमाउन (ढुकुटी खेलाउने, मिटर ब्याजमा पैसा लगाउने आदि) चाहने श्रीमतीका कारण श्रीमान्हरू बढी पीडित हुने गरेको इलाका प्रहरी कार्यालय, धरानका डीएसपी सञ्जयसिंह थापा बताउँछन्। उनको अनुभवमा ढुकुटी खेल्ने र चक्रवर्ती ब्याजमा पैसा कारोबार गर्ने महिलाहरू सुरुमा श्रीमान्लाई थाहै नदिई यस्तो धन्दा गर्छन् र डुबेपछि श्रीमानले तिर्नुपर्ने गरेका घटना प्रहरीमा आउने गरेका छन्। धरान महिला सञ्जालकी कोषाध्यक्ष शिला वज्राचार्यका अनुसार धरानका ५० प्रतिशत महिला चक्रवर्ती ब्याजको धन्दामा लागेका छन्। उनी भन्छिन्, ‘आफूले थाहै नपाई श्रीमतीले गरेको कारोबारको ऋण तिर्न नसकेर उठीबास भएका घटना पनि हामीले देखे–सुनेका छौँ।’ (शुक्रबार साप्ताहिकबाट साभार)

''
Download

Thursday, 17 July 2014

युक्रेनमा मलेसियन एयरलाईन्सको विमान दुर्घटना २९५ को मृत्यु

एजेन्सी । एम्सर्टडमबाट मलेसियाको राजधानी क्वालालम्पुर जाँदै गरेको मलेसियन एयरलाईन्सको बोइगं ७७७ विमान दुरघटना ग्रस्त भएको छ ।
बिहीबार बेलुकी रुस र युक्रेनको सिमानामा विमान दुर्घटनामा परेको हो । विमानमा चालकदलका १५ सदस्य सहित २९५ जना सवार रहेका थिए । विमानमा सवार सम्पूर्ण यात्रुको मृत्यु भएको युक्रेन सरकारले जनाएको छ ।
विमानलाई मिसाइल आक्रमण गरि खसालीएको आशंका गरिएको छ । तर रसियाले भने मलेसियन विमान आफ्नो भू-भागमा प्रवेश नगरेको दावी गरेको छ । घटनाको थप विवरण प्राप्त हुन बाँकी छ ।

 थप भिडियो हेर्नु होस्

''
Download

Sunday, 6 July 2014

विश्वकपमा बुधवार विहान ब्राजिल र जर्मनी तथा विहिवार अर्जेन्टिना र नेदरल्याण्ड भिड्ने

काठमाडौं, आषाढ २२ । ब्राजिलमा जारी विश्वकप फुटबलको सेमीफाईनल समीकरण पूरा भएको छ । प्रतियोगिताको पहिलो सेमीफाईनलमा आयोजक ब्राजिल र जर्मनी भिड्नेछन् । उक्त खेल आगामी बुधवार विहान पौने २ वजे बेलो होरीजोन्तेमा हुनेछ ।
यो खेललाई जारी विश्वकपको अघोषित फाईनलमा रुपमा हेरिएको छ । राउण्ड अफ सिक्सटिनमा चिलीलाई पेनाल्टी शूटआउटमा हराएको ब्राजिल क्वाटरफाईनलमा कोलम्बियालाई हराउँदै सेमीफाईनलमा पुगेको हो । यसअघि समूह चरणमा ब्राजिलले क्रोएसीया र क्यामरुनलाई हराएको थियो भने मेक्सिकोसँग बराबरी खेलेको थियो ।
उता जर्मनीले भने प्रतियोगिताको क्वाटरफाईनलमा फ्रान्सलाई पाखा लगाएको थियो । राउण्ड अफ सिक्सटीनमा अल्जेरीयालाई हराउँदै जर्मनी क्वाटरफाईनलमा पुगेको थियो । जर्मनीले समुह चरणमा पोर्चुगल र अमेरीकालाई हराएको थियो भने घानासँग बराबरी खेलेको थियो ।
५ पटकको विश्व विजेता ब्राजिल आप्mनै भूमिमा छैटौं उपाधिको खोजीमा रहेको छ भने तीन पटकको विश्व विजेता जर्मनी पनि सन् १९९० पछि पहिलो पटक विश्वकप उचाल्ने प्रयासमा छ । तर कोलम्बियाविरुद्धको खेलमा घाईते भएका नेईमारको अनुपस्थिति ब्राजिलका लागि भारी पर्न सक्छ ।
ढाडको हड्डी भाँचिएपछि नेईमारले अब विश्वकपमा बाँकी खेलहरु गुमाउनेछन् । ब्राजिलका टिम डाक्टरका अनुसार उनको उपचार सकिन केही हप्ता लाग्नेछ । नेईमारको अनुपस्थितीले ब्राजिललाई विश्वकपमा कमजोर बनाउनेछ भने जर्मनीका डिफेन्डरहरुलाई केही राहत हुनेछ ।
विश्वकप फुटबलको दोस्रो सेमीफाईनल खेल विहिवार विहान पौने २ वजे नेदरल्याण्ड्स र अर्जेन्टिनाबीच हुनेछ । दक्षिण अमेरिकी र युरोपियन टोलीहरुबीचको यो भिडन्तलाई पनि निकै महत्व दिईएको छ ।
अघिल्लो विश्वकपको उपविजेता नेदरल्याण्ड्स यसपटक विश्वकपको पहिलो उपाधि जित्ने सुरमा छ । त्यसो गर्न सके नेदरल्याण्ड्स लेटिन अमेरीकी भूमिमा विश्वकप उचाल्ने पहिलो युरोपियन राष्ट्र बन्नेछ । तर उसको बाटोमा अर्जेन्टिनाको तगारो छ । १९८६ पछि पहिलो पटक विश्वकप जित्ने अभियानमा रहेको अर्जेन्टिना यसपटक निकै बलियो छ ।
त्यतिबेला म्याराडोनाले उपाधि दिलाएको अर्जेन्टिनाको लागि यतिबेला लियोनल मेस्सी उती नैं चर्चामा छन् । मेस्सीकै बलमा अर्जेन्टिना सेमीफाईनलसम्म पुगेको छ ।
 समूह चरणमा नाईजेरीया, ईरान र बोस्नियालाई हराएको अर्जेन्टिनाले राउण्ड अफ सिक्सटिनमा स्विट्जरल्याण्डलाई तथा क्वाटरफाईनलमा बेल्जियमलाई हराएको हो ।
उता नेदरल्याण्ड्सले समुह चरणमा स्पेन, चिली र अष्ट्रेलियालाई हराएको थियो भने राउण्ड अफ सिक्सटिनमा मेक्सिको तथा क्वाटरफाईनलमा कोष्टारिकालाई हराएको थियो ।
 नेदरल्याण्ड्स र अर्जेन्टिना तथा ब्राजिल र जर्मनीबीचको सेमीफाईनल भिडन्तलाई विश्व फुटबलमा युरोप र लेटिन अमेरीकाबीचको सदावहार भिडन्तको रुपमा हेरिएको छ ।

''
Download

देश
अन्तर्राष्ट्रिय समाचार
प्रवाशी समाचार
मनोरंजन/रंग‍-विविध
सूचना प्रबिधि
अनौठो संसार
साहित्य
स्वास्थ्य/जीवन शैली
 
भिडियो
Photo of the Day
रोजगार
ताजा अपडेट