
यो खेललाई जारी विश्वकपको अघोषित फाईनलमा रुपमा हेरिएको छ । राउण्ड अफ सिक्सटिनमा चिलीलाई पेनाल्टी शूटआउटमा हराएको ब्राजिल क्वाटरफाईनलमा कोलम्बियालाई हराउँदै सेमीफाईनलमा पुगेको हो । यसअघि समूह चरणमा ब्राजिलले क्रोएसीया र क्यामरुनलाई हराएको थियो भने मेक्सिकोसँग बराबरी खेलेको थियो ।
उता जर्मनीले भने प्रतियोगिताको क्वाटरफाईनलमा फ्रान्सलाई पाखा लगाएको थियो । राउण्ड अफ सिक्सटीनमा अल्जेरीयालाई हराउँदै जर्मनी क्वाटरफाईनलमा पुगेको थियो । जर्मनीले समुह चरणमा पोर्चुगल र अमेरीकालाई हराएको थियो भने घानासँग बराबरी खेलेको थियो ।
५ पटकको विश्व विजेता ब्राजिल आप्mनै भूमिमा छैटौं उपाधिको खोजीमा रहेको छ भने तीन पटकको विश्व विजेता जर्मनी पनि सन् १९९० पछि पहिलो पटक विश्वकप उचाल्ने प्रयासमा छ । तर कोलम्बियाविरुद्धको खेलमा घाईते भएका नेईमारको अनुपस्थिति ब्राजिलका लागि भारी पर्न सक्छ ।
ढाडको हड्डी भाँचिएपछि नेईमारले अब विश्वकपमा बाँकी खेलहरु गुमाउनेछन् । ब्राजिलका टिम डाक्टरका अनुसार उनको उपचार सकिन केही हप्ता लाग्नेछ । नेईमारको अनुपस्थितीले ब्राजिललाई विश्वकपमा कमजोर बनाउनेछ भने जर्मनीका डिफेन्डरहरुलाई केही राहत हुनेछ ।
विश्वकप फुटबलको दोस्रो सेमीफाईनल खेल विहिवार विहान पौने २ वजे नेदरल्याण्ड्स र अर्जेन्टिनाबीच हुनेछ । दक्षिण अमेरिकी र युरोपियन टोलीहरुबीचको यो भिडन्तलाई पनि निकै महत्व दिईएको छ ।
अघिल्लो विश्वकपको उपविजेता नेदरल्याण्ड्स यसपटक विश्वकपको पहिलो उपाधि जित्ने सुरमा छ । त्यसो गर्न सके नेदरल्याण्ड्स लेटिन अमेरीकी भूमिमा विश्वकप उचाल्ने पहिलो युरोपियन राष्ट्र बन्नेछ । तर उसको बाटोमा अर्जेन्टिनाको तगारो छ । १९८६ पछि पहिलो पटक विश्वकप जित्ने अभियानमा रहेको अर्जेन्टिना यसपटक निकै बलियो छ ।
त्यतिबेला म्याराडोनाले उपाधि दिलाएको अर्जेन्टिनाको लागि यतिबेला लियोनल मेस्सी उती नैं चर्चामा छन् । मेस्सीकै बलमा अर्जेन्टिना सेमीफाईनलसम्म पुगेको छ ।
समूह चरणमा नाईजेरीया, ईरान र बोस्नियालाई हराएको अर्जेन्टिनाले राउण्ड अफ सिक्सटिनमा स्विट्जरल्याण्डलाई तथा क्वाटरफाईनलमा बेल्जियमलाई हराएको हो ।
समूह चरणमा नाईजेरीया, ईरान र बोस्नियालाई हराएको अर्जेन्टिनाले राउण्ड अफ सिक्सटिनमा स्विट्जरल्याण्डलाई तथा क्वाटरफाईनलमा बेल्जियमलाई हराएको हो ।
उता नेदरल्याण्ड्सले समुह चरणमा स्पेन, चिली र अष्ट्रेलियालाई हराएको थियो भने राउण्ड अफ सिक्सटिनमा मेक्सिको तथा क्वाटरफाईनलमा कोष्टारिकालाई हराएको थियो ।
नेदरल्याण्ड्स र अर्जेन्टिना तथा ब्राजिल र जर्मनीबीचको सेमीफाईनल भिडन्तलाई विश्व फुटबलमा युरोप र लेटिन अमेरीकाबीचको सदावहार भिडन्तको रुपमा हेरिएको छ ।
नेदरल्याण्ड्स र अर्जेन्टिना तथा ब्राजिल र जर्मनीबीचको सेमीफाईनल भिडन्तलाई विश्व फुटबलमा युरोप र लेटिन अमेरीकाबीचको सदावहार भिडन्तको रुपमा हेरिएको छ ।
'' Download |
No comments:
Post a Comment