ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Monday, 23 June 2014

तेरियाले डीआईडी लिटिल मास्टर्सको उपाधि कति भोटले जितेकि थिइन् , कुन देशबाट कति भोट आयो त ? (भोट विवरण सहित)

काठमाडौं, तामांग उद्धव । बुटवल नेपालकी १२ बर्षिया बालिका तेरिया मगरले भारतीय टेलिभिजन च्यानल जी टिभीबाट प्रशारण भइरहेको रियालीटी सो डीआईडी लिटिल मास्टर्स-३ को उपाधि जितेकी छन् । शनिबार राती भएको ग्रान्ड फिनालेमा तीन जना फाइनलिस्टलाई पछि पार्दै तेरियाले उपाधि हात पारेकी हुन् । यस्तै दोस्रोमा अनुस्का क्षेत्री भइन् । अडिसन राउन्ड देखी नै अत्यन्त उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आईरहेकी ११ वर्षीया तेरियाले १४ वर्षसम्मका ४० हजार प्रतिस्पर्धीलाई विभिन्न चरणमा पछि पार्दै दर्शकबाट सबैभन्दा बढी भोट पाएर उपाधि जितेकी हुन्। 
मुम्बईमा भएका ३ वटा अडिसन, नयाँदिल्लीमा भएको टेलिभिजन अडिसनमा १ सय २ जना, कोरियोग्राफ राउन्डमा ३६ जना, मेगा राउन्डमा उत्कृष्ट १६ तथा अन्तिम १० हुँदै फाइनलमा प्रवेश गरेकी उनले उपाधि समेत हात पारिन। डीआईडी लिटिल मास्टर्सको फाइनलमा पुग्ने तेरिया नै पहिलो नेपाली तथा कम उमेरकी प्रतिस्पर्धी हुन्। प्रतियोगिताको उपाधिसहित उनले ५० लाख भारुका साथै एउटा कारसमेत पाएकी छन्। 

बुटवलस्थित बागेश्वरी सङ्गीतालयमा विगत पाँच वर्षदेखि नृत्य सिक्दै आएकी तेरिया रुद्रपुरकै पिस ल्यान्ड भूपू सैनिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन्। उनकी आमा सोही विद्यालयमा क्यान्टिन सञ्चालन गर्छिन्। बुबा भने रोजगारीका लागि दुवईमा छन्। भारतका अन्य प्रतियोगितामा कयौं नेपाली भाषीले सफलता प्राप्त गरेको भएपनि नेपालमै जन्मिएर डिआडी लिटिल मास्टर्समा सफल हुने तेरिया पहिलो नेपाली हुन्। 

 फाइनलमा भारत, कोलकाताकी ८ वर्षीया अनुस्का क्षेत्री, भारत बेंगलोरका १० वर्षीय सद्विन सेट्टी तथा मुम्बईका १२ वर्षीय हार्दिक रुपारेललाई पछि पारेकी हुन्। सन् २००७ को तेस्रो इन्डियन आइडल बन्न सफल नेपालीभाषी प्रशान्त तामाङ पनि नेपालीको अत्याधिक भोटकै कारण विजयी भएका थिए।

DID Little Master 3 Winner Teriya Magar Vote Details Below
नेपालबाट६० लाख+
भारतबाट४० लाख +
मलेसियाबाट २५ लाख+
कतारबाट२० लाख+
दुबईबाट २० लाख+
साउदी अरेबियाबाट २० लाख+
कोरियाबाट १५ लाख+
अमेरिकाबाट १५ लाख+
युकेबाट १५ लाख+
हंगकंगबाट १० लाख+
अष्ट्रेलियाबाट १० लाख+
जापानबाट १० लाख+
सिंगापुरबाट ८ लाख+
कुवेतबाट ८ लाख+
इजरायलबाट ८ लाख+
अन्य देशहरु बाट १५ लाख +
जम्मा टोटल भोट         ३ करोड १२ लाख २१ हजार ५ सय १४ 
DID Little Master 3 Winner Teriya MagarWin Last Week Vote DetailsThank you all viewers
थप भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोस

''
Download

No comments:

Post a Comment