ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Saturday, 13 October 2012

स्याउ खानेको मुटु स्वस्थ

एक नयाँ अध्ययनले प्रत्येक दिन स्याउ खाने मान्छेमा मुटुरोगको खतरा कम हुने तथ्य पत्ता लगाएको छ । नियमित स्याउ खाँदा रगतमा कोलेस्टेरोलको मात्रा घट्ने र त्यसले मुटु तथा रगतसम्बन्धि रोगको खतरा कम गराएर मुटुलाई स्वस्थ बनाउन सहयोग गर्ने शोधकर्ताहरुको निष्कर्षछ । शोधका क्रममा एक महिनासम्म दिनहुँ एक दाना स्याउ खाने मान्छेको रगतमा खराब कोलेस्टेरोलको मात्रा ४० प्रतिशतले घटेको पाइयो । स्याउमा पोलिफेनोल्स नामक तत्व सहितको एन्टीअक्सिडेन्ट हुने हुनाले त्यसले कोलेस्टेरोललाई हटाउन सहयोग गर्ने विज्ञहरुको भनाइ छ । अमेरिकाको ओहियो विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अनुसन्धानका क्रममा स्याउको नियमित भोजनले हानिकारक लिपो प्रोटिनलाई अक्सिडाइज हुनबाट रोक्ने र त्यसले रक्तनलीका भित्तालाई कडा हुनबाट जोगाउने तथ्य पत्ता लगाए । स्याउको नियमित सेवन कोलेस्टेरोल घटाउने अरु औषधि तथा भोजनभन्दा बढि प्रभावकारी हुने निष्कर्षशोधकर्ताहरुको छ । उनीहरुका अनुसार स्याउको नियमित सेवनले दाँतको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने तथ्य फेला परेको छ, तर यस बारेमा भने विस्तृत अध्ययनको खाँचो छ ।

No comments:

Post a Comment