ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Friday, 30 August 2013

श्रीमती साटासाट, पहिलो होइन जिल्लामा दोस्रो घटना

श्रीमती  साटासाट, पहिलो होइन जिल्लामा दोस्रो घटना

लक्ष्मी गौतम, १२ भदौ, इलाम ।तपाईले बिहे गर्नु भएको छ? यदि छ भने तपाई आफुसँग भएकी श्रीमति अरुलाई दिएर अर्कासँग भएकी श्रीमति आफ्नो बनाउन सक्नु हुन्छ? मतलव तपाई कसैसँग श्रीमति साट्न सक्नुहुन्छ? सायदै सक्नुहुन्न होला तर इलामको आमचोक र फुएतप्पाका दुई ब्यक्तिले आ–आफ्नी श्रीमती साटेर नयाँ घरबार चलाउन थालेका छन।

आमचोक निवासी जितबहादुर लिम्वुकी श्रीमती फुएतप्पा २ बस्ने खगेन्द्र लिम्वुले २०५८ साल फागुनमा भगाएर आफ्नो घर भित्रियाएका थिए। अर्काकी श्रीमतिसंग बिहे गरे बापत खगेन्द्र लिम्वुले गत असारमा ९० हजार नगद र १ तोला चार आना सुन माइति पक्ष संगको समजदारीमा तिरेर मिलापत्र गरेका थिए।



आमचोक निवासी जीतबहादुरले भर्खरै फुएँतप्पा निवासी सोही खगेन्द्र लिम्वुकी जेठी श्रीमती पदममाया लिम्वुलाइ भगाएर आफ्नो घर भित्रियाएको छन। इलामको सन्दर्भमा श्रीमती साटेको यो दोस्रो घटना हो। केहि वर्ष अघि पनि जीतपुर र गजुरमुखीका दुई ब्यक्तिले सल्लाह नै गरेर श्रीमति साटासाट गरेका थिए।

No comments:

Post a Comment