ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Sunday, 1 December 2013

पूर्व सभासद्सहित तीन जना थुनामा आलम हत्या प्रकरण

कलैया (बारा), मंसिर १६ - एमाले तर्फबाट बारा क्षेत्र नम्बर ४ का उम्मेदवार मोहम्मद आलमको हत्या आरोपमा जिल्ला अदालन बाराले आज पूर्व सभासद्सहित तीन जनालाई पुर्पक्ष थुनामा राख्ने आदेश दिएको छ ।
अदालतले एमालेकै तर्फबाट सोही क्षेत्रका पूर्व सभासद् रामचन्द्र प्यासी कुशवाह, भारतीय मुलका ४२ बर्षीय अतिक खान र ३८ बर्षीय राजु श्रीवास्तवलाई थप अनुसन्धानका लागि हिरासतमा राख्ने आदेश दिएको हो ।
असोज १८ गते बाराको परवानीपुरस्थित चसावती खाद्य उद्योगअगाडि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेका थिए । गम्भीर अवस्थाका उनलाई असोज २४ गते शिक्षण अस्पताल महाराजगञ्जमा मृत घोषित गरिएको थियो ।
आलमलाई मंसिर ४ गते हुने निर्वाचनको लागि उम्मेदवारी दिएको भोलिपल्टै गोली प्रहार गरिएको थियो । घटनाको अनुसन्धान गरेकेा केन्द्रीय अनुसन्धान व्यूरो -सिआईबी)ले कात्तिक ९ गते तीन जनालाई पक्राउ गरेको थियो । प्यासी घटनाको मुख्य योजनाकार रहेको प्रहरी दाबी छ ।
पति हत्यापछि बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेकी आलम पत्नी नजमा खातुनले सोही क्षेत्रबाट निर्वाचनमा विजयी भएकी थिइन् ।

प्रकाशित मिति: २०७० मंसिर १६ ०५:१०

No comments:

Post a Comment