ताप्लेजुङ , मंसिर १८ - मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी र गृहमन्त्री माधवप्रसाद घिमिरे सहितको टोलि ताप्लेजुङमा अवस्थित प्रशिद्ध तिर्थस्थल पाथीभरा दर्शनका गर्न पुगेका छन् ।नेपाली सेनाको हेलिकप्टर बाटगएका रेग्मी सहितको टोलिको विशुद्ध धार्मिक भ्रमण भएको प्रशासन कार्यालयले जनाएको छ ।
सुकेटारमा अवतरण भएको टोलि पाथीभरा दर्शनबाट फेरी सुकेटार भएर र्फकने सुरक्षा अधिकारीले जनाएका छन् । पाथीभरामा भने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलि पुगेको छ ।
माथिल्लो फेदीका होटल व्यवसायी लगायत चार दर्जनबढी स्वागतकालागि पाथीभरा पुगेको फेदी होटल व्यवसायी संघका अध्यक्ष इन्द्रनारायण भट्टराईले बताए । प्रशिद्धस्थल पाथीभरामा यसअघि निर्वाचनको मुखैमा प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलेपनि परिवार सहित गएर दर्शन गरेका थिए ।
पाथीभराको दर्शनमा तत्कालिन राजा महाराजा देखि प्रजातान्त्रिक सरकारका प्रधानमन्त्रीहरु पनि आउने गरेका छन् ।

प्रकाशित मिति: २०७० मंसिर १८ ११:४३

No comments:
Post a Comment