ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Thursday, 5 December 2013

चुनावमा धाँधली भएको आरोपमा सेना बोल्यो 'आधारहीन, तथ्यरहीत एवं भ्रमपूर्ण प्रचारबाजी'

काठमाडौं, मंसिर २० - एमाओवादीले संविधानसभाको दोस्रो निर्वाचनमा धाँधलीको आरोप लगाएपछि नेपाली सेनाले औपचारिक धारणा सार्वजनिक गरेको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयले बिहीबार साँझ विज्ञप्ती जारी गर्दै निर्वाचनमा धाँधली गरेको भन्दै आधारहीन, तथ्यरहीत एवं भ्रमपूर्ण प्रचारबाजी गरी राष्ट्रिय सेनालाई अनावश्यकरुपमा विवादमा तानिएको जनाएको छ ।
'नेपाल सरकारको निर्णयबाट प्राप्त कार्यादेश बमोजिम नेपाली सेनाले आफ्नो जिम्मेवारी इमान्दार एवं कर्तव्यनिष्ट भई पालना गरेको परिप्रेक्षमा,' विज्ञप्तीमा लेखिएको छ, 'केही सञ्चार माध्यममार्फत निर्वाचनमा धाँधली भएको भन्ने नाममा आधारहीन, तथ्यरहीत एवं भ्रमपूर्ण प्रचारबाजी गरी राष्ट्रिय सेनालाई अनावश्यकरुपमा विवादमा तानी नेपाली सेनाको अराजनैतिक एवं व्यवसायिक चरित्रमाथि प्रहार गर्ने प्रयास एवं प्रचारवाजीप्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ ।'
नेपाली सेनाले निर्वाचनमा निर्वाह गरेको निष्पक्ष भूमिकालाई नेपाली जनताले आत्मसात् गरी वास्तविकता बुझेको सेनाको भनाइ छ ।
सरकारले दिएको कार्यदेशअनुसार इमान्दारीपूर्वक,  उत्कृष्ट एवं व्यवसायिक ढंगले भूमिका निर्वाह गरेको विज्ञप्तीमा जनाइएको छ ।
विज्ञप्तीमा सेनाले भनेको छ, 'नेपाली सेनाको यस भूमिकालाई नेपाल सरकार, निर्वाचन आयोग, कुटनीतिक क्षेत्र,  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वतन्त्र पर्यवेक्षक, नागरिक समाज, सञ्चारजगतलगायत संलग्न सबै क्षेत्रबाट समेत प्रसंशा भएको सर्वविदितै छ 

No comments:

Post a Comment