आफ्नो चलचित्र ‘मिस नेपाल’को पोष्टरमा माछाले बक्षस्थल छोपेपछि कलाकार शुभेच्छा थापाको चर्चा र आलोचना दुबै भयो । चर्चामा आउनको लागि उनले यस्तो काम गरेको भन्दै धेरैले शुभेच्छाको खेदो काँटे । तर पनि उनलाई यसले केही फरक पारेको छैन ।
बजारमा यो तस्बिरको चर्चा सेलाउने कुनै छनक छैन । यता शुभेच्छा भने यो उत्तेजक हाउभाउलाई गसिपको बजारमा छोड्दै राष्ट्रिय गीतमा देखिएकी छिन् ।
राजु गिरीले निर्देशन गरेको एक राष्ट्रिय बाल गीतमा उनलाई देख्न सकिन्छ । यो गीतको छायांकन आइतबार गरिएको हो । भिडियोमा शुभेच्छाको साथमा गरिमा ज्ञवाली र राजु गिरी देखिएका छन् । मुकेश हुँमागाइले यो भिडियो खिचेका हुन् । गीतमा सायूरी श्रेष्ठको स्वर, अर्जुन पोख्रेलको संगीत, लोकराज अधिकारीको शब्द छ ।
उत्तेजक फोटो खिचाएर चर्चा बटुले लगतै राष्ट्रिय गीतमा देखिएकी शुभेच्छाको यो शैलीलाई दर्शकले कसरी लिने हुन् त्यो भने हेर्न बाँकी नै छ ।
अनलाइन खबर
भिडियो हेर्न को लागि तल को बक्स मा किल्क गर्नुहोस
No comments:
Post a Comment