ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Monday, 20 January 2014

अवैध सम्बन्धबाट जन्मेको शिशु फ्याँक्ने जोडी पक्राउ

ओखलढुंगा, माघ ६ - नवजात शिशु जन्माएर जिउँदै फाल्ने टोक्सेल गाविस १ माझिगाउँका २२ वर्षीय सर्मिला माझी र १८ वर्षीय हरि माझीलाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीयबासिन्दाको सुचनाका आधारमा हर्कपुर प्रहरी चौकीको टोलीले उनीहरुलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक भगीरथ रेग्मीले बताउनुभयो ।
पक्राउपछि शिशुका आमा बाबुलाई जिल्ला प्रहरी कार्यालयमा अनुसनधानका लागि राखिएको छ । उनीहरुले अवैध सम्बन्धबाट शिशु जन्मेकाले फालेको बयान दिएको प्रहरीले जनाएको छ । शिशु फाल्ने दुवै जनालाई ज्यान मार्ने उद्योग अन्र्तगत मद्दा चलाउने तयारी गरेको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिनुभयो ।  
टोक्सेल गाविस १ स्थित थीरबहादुर माझीको घर नजिकै कपडाले बेरेर फालेको अन्दाजी १५/१६ दिनको वेवारिसे शिशुको माघ ४ गते प्रहरीले उद्दार गरेको थियो । शिशुलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा प्रहरी नायव उपरिक्षक गोविन्द अधिकारीले संरक्षण गरेर राख्नुभएको छ ।
भिडियो हेर्न तलको बक्स मा डबल किल्क गर्नुहोला
 

No comments:

Post a Comment