अब दिन दिनै लामखुट्टेले सताउने समय आयो त्यसैले
सबैले सचेत हुनुहोला !
इन्सेफ्लाइटिसबाट टाढा रहन गर्मीमा सहर, गाउँ, खास गरी तराईका बासिन्दाहरूमा इन्सेफ्लाइटिसले नराम्रो असर पार्छ। यो रोगले खास गरेर मस्तिष्कमा बढी असर गर्छ। त्यसैले यसलाई मस्तिष्क ज्वरो पनि भनिन्छ। यो ज्वरो क्युलेक्स जातको दूषित लामखुट्टेको टोकाइबाट सर्छ। लामखुट्टेले टोेेकेको ५-१५ दिनभित्र रोगको लक्षण देखापर्छ। मस्तिष्क ज्वरो आएको बेलामा कपाल दुख्ने, जाडो हुने, कम्पन हुने, धेरै ज्वरो आउने, बोली बन्द भएर रोगी बेहोस हुने आदि लक्षण देखापर्छन्। यो रोगले मांसपेशी कमजोर पार्ने, आँखाहरू डेढो बनाउने तथा पक्षघात गराउने आदि हुनसक्छ।
, नेपालमा भाइरल इन्सेफ्लाइटिस जापानिज 'बी' समूहको अति सूक्ष्म जीवाणुको कारणबाट हुने गरेको छ। खासगरी वषर्ामा र जताततै जम्ने पानी, हिलो, झारपात र खेतबारी वा पानी जमेका कुलेसाहरूमा लामखुट्टेले फुल पार्छ। त्यसपछि लामखुट्टे बढेर यो रोग उत्पन्न हुन्छ। यो रोगका कीटाणुहरू सुँगुर, मुसा, भ्यागुता, हाँस तथा घिसि्रएर हिँड्ने जीवजन्तुहरूमा पाइन्छन्। यस्ता जीवाणुयुक्त
जन्तुहरूलाई
लामखुट्टेले टोकेपछि कीटाणुहरू
मानिसमा सर्छन् र रोग लाग्छ। घर, आँगन, चोक,
बस्तीहरू सफा-सुग्घर
नराख्दा पनि यस्ता रोगहरू फैलन्छन्।
कुनै पनि रोगको रोकथाम गर्न स्वास्थ्य संस्थाको विशेष
पहल एवं जनसहभागिता आवश्यक पर्छ। मानिस
विवेकशील प्राणी भए
पनि सही ठाउँमा विवेक प्रयोग गर्न
नसक्दा महामारी तथा विसंगतिहरू
फैलिन्छन्। यो रोग सर्ने मुख्य माध्यम क्युलेक्स
जातको लामखुट्टे भएकाले लामखुट्टे नियन्त्रण गर्नु
नै रोगबाट बच्ने प्रमुख उपाय हो। लामखुट्टेले फुल
पार्न बस्ने ठाउँहरू रहन नदिनु नै यसलाई रोक्ने
उपयुक्त विधि हुनसक्छ।
यसका लागि घरवरिपरिको वातावरण सफा राख्नुपर्छ।
लामखुट्टेको टोकाइबाट बच्न सके
गर्मीमा फैलने रोगहरूबाट बच्न सकिन्छ।
इन्सेफ्लाइटिस रोगको लक्षण देखापर्नासाथ तुरु उपचार
गराउनुपर्छ। ज्वरो निकै बढे
पानीपट्टी वा बरफको थैलो निधारमा राख्नुपर्छ।
,
सामान्य ज्वरो हो भनेर
लापरबाही गर्दा बिरामीको मृत्यु
हुनसक्छ। त्यसकारण यस्तो अवस्थामा निकै विचार
पुर्याउनुपर्छ।
प्राणघातक हुनसक्छ औलो
औलो सरुवा रोग हो। यो लामखुट्टेको टोकाइबाट एक
मान्छेबाट अर्को मान्छेमा सर्छ। नेपालमा यो रोग
निम्त्याउने दुई
प्रकारका परजीवी पाइएका छन्।
प्लाज्मोडियम फाल्सिपेरस र प्लाज्मोडियम भाइभेक्स।
यसमध्ये प्लाज्मोडियम फाल्सिपेरस
जातको औलो परजीवी बढी घातक
हुन्छ। यो परजीवीले
आक्रमण गरे मृत्यु हुने
सम्भावना बढी हुन्छ। एनोफिलिज
जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ
मानिसलाई टोक्यो भने लामखुट्टेको र्यालसँगै
औलोका परजीवीहरू
रगतमा प्रवेश गर्छन्तसर्थ लामखुट्टेको टोकाइबाट
बच्नु नै औलोबाट बच्ने सर्वोत्तम उपाय हो।
लामखुट्टेको टोकाइबाट बच्न सुत्दा झुल प्रयोग
गर्नुपर्छ।
घरका झ्यालढोकामा जाली प्रयोग गर्ने र
त्यस्तो व्यवस्था हुन नसक्ने ठाउँमा लामखुट्टे लाग्ने
ठाउँतिर
जाँदा शरीरको खुल्ला भागमा लामखुट्टे
धपाउने मल्हम प्रयोग गर्न सकिन्छ।
लामखुट्टेको नियन्त्रण गरे व्यक्ति वा समुदाय
औलोबाट बच्न सक्छन्।
यसका लागि सरकारका तर्फबाट
बेलाबेलामा कीटनाशक औषधि छर्कन
आउने टोलीलाई पूर्ण मद्दत दिई आ-
आफ्नो घर एवं टोलछिमेकमा कीटनाशक
औषधि छर्कन लगाउनुपर्छ। कीटनाशक
औषधिको असर ३ देखि ६ महिनासम्म रहन्छ।
अहिले कीटनाशक औषधियुक्त
झोलकोे प्रविधि पनि नेपालमा भित्रिएको छ।
पानी जमेका ठाउँमा लामखुट्टेको वृद्धि तीव्र
हुन्छ। यसर्थ लामखुट्टे हुर्कने ठाउँ कम गरेर
यसको वृद्धि रोक्न घर-आँगन वरपर
रहेका खाल्डाखुल्डीहरूलाई पुर्नुपर्छ।
पोखरी छेउछाउको घाँसलाई राम्रोसँग
सफा गर्नुपर्छ। नहर
वा कुलो बगेको ठाउँमा पानी जम्न नदिई
जमेको पानीलाई बगाइदिनुपर्छ। लामखुट्टेले
पानी जमेको ठाउँमा फुल पार्ने भएकाले
त्यस्ता खाल्डाखुल्डी पुरिदिए तुरुन्तै
लामखुट्टेका लार्भाहरू मर्छन्।
पानीको आवश्यकता नपर्ने
ठाउँमा पानी सोस्ने खालका रुखहरू जस्तै
जामुन, सिमल, मसला आदि रोप्नु उत्तम हुन्छ।
गाउँको पोखरी, दह
तथा नालाहरूमा माछा पाले माछाले
लामखुट्टेको लार्भा खाइदिन्छन्।
यसरी पनि लामखुट्टेको संख्या कम गर्न
सकिन्छ। औलो समुदायमा हुने रोग भएकाले
यो महामारीका रूपमा पूरा समुदाय, गाउँ र
सम्पूर्ण जिल्लामा नै फैलन सक्छ।
अतः यसमा प्रत्येक व्यक्ति, गाउँ, समाज र
जिल्लाका प्रत्येक बासिन्दाको समानरूपले
जिम्मेवारी छ। यो रोग
नियन्त्रणप्रति सबैको सहयोग र
सहभागिताको खाँचो छ। औलोग्रसित क्षेत्र
वा ती क्षेत्रबाट
आएका आफ्ना परिवारका कुनै सदस्यलाई ज्वरो आए
रगत जँचाई औलो रोग रहेछ भने दिइएका औषधिहरू
सल्लाहअनुसार नियमित रूपमा खानुपर्छ। औलो ग्रसित
क्षेत्रमा ज्वरोको महामारी फैलिए तुरुन्त
नजिकको स्वास्थ्य संस्था वा जिल्ला स्वास्थ्य
कार्यालयलाई सूचना दिनुपर्छ। नियमित रूपमा घर
तथा सडक एवं गल्लीवरपर सफाइ
अभियान चलाउनुपर्छ।
लामखुट्टे भगाउने उपाय
गर्मीमा लामखुट्टेले
हाम्रो निद्रा भगाउनुका साथै औलोज्वरो -मलेरिया)
कालाज्वर, मस्तिष्क ज्वरो, इन्सेफ्लाइटिस,
हात्तीपाइले रोग -फाइलेरिया)
जस्ता डरलाग्दा घातक सरुवा रोगहरू सारेर दुःख दिन्छ।
,
दिनमा लामखुट्टेहरू रुख, झाडी,
घरका कुना, भाँडाकुँडाका अन्तरकुन्तरमा लुकेर बस्छन्।
रातमा मानिस सुतिसकेपछि मानिसको गन्ध चाल पाएर
यताउति उड्दै टोकेर विभिन्न रोगका जीवाणु
सार्छन्। लामखुट्टेले सार्ने कतिपय रोगले
मानिसको ज्यानसमेत लिनसक्छन्। त्यसैले
गर्मी र वषर्ामा लामखुट्टेको टोकाइबाट
बच्नुपर्छ। यसका लागि निम्न उपाय अवलम्बन गर्न
सकिन्छ।
घरवरिपरि पानी जम्ने
खाल्डाखुल्डीहरू पुरेर सफा गर्नुपर्छ।
अनावश्यक झाडी तथा पोथ्राहरू
हटाउनुपर्छ।
घरका हरेक कोठाका कुनाकाप्चामा धूलो,
मैलो सफा गर्नुपर्छ। भित्तामा छिद्र तथा चिराहरू भए
लिपपोत गरी टाल्नुपर्छ।
,
घर, गोठ, पानीको मुहान छेउछाउ
डीडीटी पाउडर
छरेर सफा राख्नुपर्छ।
राति सुत्नुअघि हातखुट्टामा हल्का भिक्स दलेर
सुत्नुपर्छ। भिक्स नभए कपूरको तेल वा लामखुट्टे
भगाउने क्रिम दल्न सकिन्छ।
सुत्नुअघि खाटमुनि, झ्याल र
सिरानीवरिपरि प्याज र लसुन काटेर राख्नाले
लामखुट्टे भाग्छन्।
तीतेपातीको झोलले
पनि लामखुट्टे हटाउने हुँदा घरका भित्ता र
कुनाकाप्चामा तीतेपातीको झोल
छर्कनुपर्छ।
,
मानिसको शरीरबाट निस्कने पसिनाको गन्धले
लामखुट्टेलाई आकषिर्त गर्ने
हुँदा गर्मीमा भरसक दिनहुँ
नुहाउनुपर्छ।
राति सुत्नुअघि लसुन र भिटामिन बीयुक्त
खानेकुरा खानुपर्छ। सुत्ने कोठामा हसिना र
तिउरी फूलको गुच्छा राख्दा पनि लामखुट्टे
भाग्छन्। साँझ पर्नुअघि सुत्ने कोठाका झ्यालढोकाहरू
बन्द गर्नुपर्छ। झ्यालमा जाली प्रयोग
गर्नुपर्छ। अबेरसम्म घर बाहिर बस्नुहुँदैन।
सुत्दा अनिवार्य रूपमा झुल प्रयोग गर्नुपर्छ।
लामखुट्टेले टोकेर फोका वा डाबर उठे
पुदिना वा तुलसीका पात पिसेर त्यसको लेप
लगाउँदा केही राहत मिल्छ।

No comments:
Post a Comment