काठमाडौं, चैत्र ५ । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाकी छोरीको अपहरण लगायत आधा दर्जन बढी डकैतीका घटनाका मुख्य योजनाकार राजेश क्षेत्री भनिने गोकुल गिरीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
इन्टरपोलको रेडकर्नर नोटिसमा रहेका गिरी पाँच वर्षअघि डा. देवकोटाकी छोरी मेघाको अपहरणपछि फरार रहँदै आएका थिए । हिजो साँझ काठमाडांैको थापाथलीबाट
पक्राउ परेका गिरीलाई महानगरीय प्रहरी परिसर हनुमानढोकाले आज सार्वजनिक गरेको हो ।
गिरी डा.देवकोटाकी छोरी मेघा देवकोटालाई अपहरण गर्ने मुख्य योजनाकार भएको र उनले उपत्यकामा विभिन्न ठाउँबाट दुई करोड रुपैयाँ भन्दा बढी धनमाल डकैती गरेको प्रहरीले जनाएको छ ।
गिरीको समूहले मेघालाई अपहरणमुक्त गर्दा १ करोड ३० लाख रुपैयाँ फिरौती लिएको थियो । गिरीको साथबाट १४ ग्राम खैरो हेरोइन, एकथान ल्यापटप, विभिन्न व्यक्तिका नागरिकता र फोटो बरामद भएको पनि प्रहरीले जनाएको छ
इमेज खबर
इन्टरपोलको रेडकर्नर नोटिसमा रहेका गिरी पाँच वर्षअघि डा. देवकोटाकी छोरी मेघाको अपहरणपछि फरार रहँदै आएका थिए । हिजो साँझ काठमाडांैको थापाथलीबाट
पक्राउ परेका गिरीलाई महानगरीय प्रहरी परिसर हनुमानढोकाले आज सार्वजनिक गरेको हो ।गिरी डा.देवकोटाकी छोरी मेघा देवकोटालाई अपहरण गर्ने मुख्य योजनाकार भएको र उनले उपत्यकामा विभिन्न ठाउँबाट दुई करोड रुपैयाँ भन्दा बढी धनमाल डकैती गरेको प्रहरीले जनाएको छ ।
गिरीको समूहले मेघालाई अपहरणमुक्त गर्दा १ करोड ३० लाख रुपैयाँ फिरौती लिएको थियो । गिरीको साथबाट १४ ग्राम खैरो हेरोइन, एकथान ल्यापटप, विभिन्न व्यक्तिका नागरिकता र फोटो बरामद भएको पनि प्रहरीले जनाएको छ
इमेज खबर




No comments:
Post a Comment