मलेसियाको क्वालालम्पुरबाट चीनको बेइजिङतर्फ उड्दै गर्दा हराएको मलेसिया एयरलाइन्सको MHH370 बोइङ विमान आठौँ दिन पनि फेला परेन। तर यो दिन केही नयाँ खुलासा आधिकारिक रुपमा त्यहाँका प्रधानमन्त्री नजिब रजाकले गरे। सिभिलियन राडारबाट र टावरसँगको सम्पर्क जानाजानी विमानभित्रै रहेका कोही अनुभवीले विच्छेद गरेको र बेइजिङतिरको निर्धारित बाटो नगई मलेसिया फर्किएर पश्चिमतिर लागेको उनले भने। आजदेखि साउथ चाइना समुद्रमा खोज्ने काम रोकिएको छ र नयाँ ठाउँहरुमा खोजी कार्य थालिएको छ। नयाँ ठाउँ निकै वृहत् छ। विमान नेपाली आकाश हुँदै उडेकोसमेत हुनसक्ने संभावना छ। त्यसैले अनुसन्धानकर्ताहरुले नेपालबाट समेत राडार तथ्याङ्क खोज्ने भएको बीबीसीले जनाएको छ।
मलेसिया सरकारले जारी गरेको नक्सा। स्याटेलाइट तथ्याङ्कको विश्लेषणबाट रातो चिह्न लगाइएको स्थानमा कतै विमान हुनसक्ने संभावना।
मलेसियाली प्रधानमन्त्रीले विमानको अन्तिम संकेत देखिएको ठाउँ उज्बेकिस्तान र कजाखस्तानको सीमामाथिको आकाश हुनसक्ने बताएका छन्। त्यहाँसम्म जानलाई नेपालको आकाश पनि प्रयोग भएको हुनसक्छ।
त्यही भएर बीबीसीका क्वालालम्पुरमा रहेका संवाददाता जोनाह फिसरले भनेका छन्- अनुसन्धानकर्ताहरु अब यो बोइङ उडेर गएको हुनसक्ने कुनै पनि देशका राडार तथ्याङ्क लिने प्रयास गरिरहेका छन्। त्यसमा थाइल्यान्ड, म्यानमार, बंगलादेश, चीन, भारत, पाकिस्तानसँगै नेपालको पनि नाम छ।
अहिलेलाई यो विमान नेपालको आकाशबाट उडेर गएको हुनसक्ने अनुमान मात्र गरिएको छ। नेपालमै कतै ओर्लिएको वा ठोक्किएको अनुमान छैन। अनुसन्धानकर्ताहरुले नेपालको राडारबाट यो विमान उडेर गएको भए कति उचाइबाट उडेर गयो, कुन समयमा उडेर गयो र कुन बाटो भएर उड्यो, आदिको जानकारी खोजेका हुनसक्छन्।
नेपालमा ओर्लिएको भए राजविराज विमानस्थल र टिआइएमात्रै संभावना ?
WNYC ले एउटा गज्जबको डेटा भिजुलाइजेसन गरेको छ। सिभिलियन राडारबाट बेपत्ता भइसकेपछि विमान कतै अवतरण गर्यो कि भन्ने अनुमान पनि केही केहीले गरेका छन्। त्यसो हो भने यो बोइङ पछिल्लो पटक थाहा भएको स्थानबाट भएको इन्धनका आधारमा २२०० नटिकल माइलसम्मका कुनै पनि ठाउँमा अवतरण गर्न सक्छ। तर बोइङ अवतरण गर्न ५ हजार फिटको रनवे आवश्यक हुन्छ। WNYC डेटा न्युज टिमले यो ठाउँभित्र विश्वका २६ देशका ६३४ वटा रनवे भेट्टाएको छ। त्यसमध्ये नेपालको राजविराज विमानस्थल र काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई यसले सूचिकृत गरेको छ। तलको एम्बेड नक्सा नखुले यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ
अर्को नेपाल कनेक्सन
नेपालको आकाश भएर उडेको हुनसक्ने एउटा कनेक्सन भइहाल्यो। अर्को कनेक्सन चाहिँ यो हराइरहेको विमानका नौ जना यात्रु नेपाल घुमेर घर फर्किरहेकाहरु रहेछन्।
नेपालको आकाश भएर उडेको हुनसक्ने एउटा कनेक्सन भइहाल्यो। अर्को कनेक्सन चाहिँ यो हराइरहेको विमानका नौ जना यात्रु नेपाल घुमेर घर फर्किरहेकाहरु रहेछन्।
यो समाचार पनि बीबीसीले नै दिएको हो। विमानमा नौ जना चिनियाँ नागरिक थिए। पेन्सन पाकिसकेका उनीहरु पुराना साथी रहेछन्। अनि सँगै नेपाल घुम्न आएका रहेछन्। नेपाल घुमिसकेर घर फर्कन मलेसिया हुँदै बेइजिङ जान लागेका बेला यो घटना भइदिएछ।
विमानमा कूल २२७ यात्रु थिए। त्यसमा १५३ चिनियाँ र ३८ मलेसियाली थिए। १९ जना चिनियाँ कलाकारको टोली मलेसियामा भएको कला प्रदर्शनीमा भाग लिएर फर्कँदै थिए। दुई जना नक्कली पासपोर्ट प्रयोग गरेकाहरु थिए भने चार जनाले चेक इन गरे पनि विमानस्थलमा देखा परेका थिएनन्।
अनुसन्धान नयाँ चरणमा
आज मलेसियाली प्रधानमन्त्रीले सार्वजनिक गरेका तथ्यहरुले विमान अपहरण भएको हुनसक्ने संकेत दिए पनि यसको पुष्टि भने भइसकेको छैन। तर दुर्घटना भएर मरिसकेको ठानिएकाहरु जीवितै छन् कि भन्ने आशा चाहिँ पलाएको छ। प्रधानमन्त्री रजाकले पनि अनुसन्धान चालक दलका सदस्य र यात्रुहरुमा फोकस हुने गरी नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। पाइलटको घरमा खानतलाशी गरेको खबर पनि आएका छन्।
आज मलेसियाली प्रधानमन्त्रीले सार्वजनिक गरेका तथ्यहरुले विमान अपहरण भएको हुनसक्ने संकेत दिए पनि यसको पुष्टि भने भइसकेको छैन। तर दुर्घटना भएर मरिसकेको ठानिएकाहरु जीवितै छन् कि भन्ने आशा चाहिँ पलाएको छ। प्रधानमन्त्री रजाकले पनि अनुसन्धान चालक दलका सदस्य र यात्रुहरुमा फोकस हुने गरी नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। पाइलटको घरमा खानतलाशी गरेको खबर पनि आएका छन्।
मलेसिया एयरलाइन्सले यात्रुका परिवारहरुलाई अब फौजदारी अनुसन्धान सुरु भएको र औपचारिक जानकारीहरु सरकारका तर्फबाट नै दिइने जानकारी दिएको रहेछ।
आठौँ दिनमा आएर केही कुरा भने निश्चित भयो-
-विमानका सबै सञ्चार सम्पर्क आफसेआफ एकाएक विच्छेद भएको हैन रहेछ, जानाजानी गरिएको रहेछ।
-एलियन वा बर्मूडा ट्रयाङ्गल जस्ता थेउरीहरु गलत रहेछन्।
-विमान साउथ चाइना सिमा खसेको हैन रहेछ।
-एलियन वा बर्मूडा ट्रयाङ्गल जस्ता थेउरीहरु गलत रहेछन्।
-विमान साउथ चाइना सिमा खसेको हैन रहेछ।
तर अझै कयौँ प्रश्न भने बाँकी नै छन्
-कसले, किन, कसरी, कहाँ आदि आदि।
-अपहरण भएकै हो भने पनि अहिलेसम्म कुनै माग राखिएन।
-विमान सग्लै छ कि दुर्घटना भइसक्यो ?
-अरु घटनाको तुलनामा अमेरिकाको प्रतिक्रिया किन आक्रामक नभएको ?
-कसले, किन, कसरी, कहाँ आदि आदि।
-अपहरण भएकै हो भने पनि अहिलेसम्म कुनै माग राखिएन।
-विमान सग्लै छ कि दुर्घटना भइसक्यो ?
-अरु घटनाको तुलनामा अमेरिकाको प्रतिक्रिया किन आक्रामक नभएको ?
यी प्रश्नका जवाफ खोज्न अझै कति दिन लाग्ने हो, कुनै टुङ्गो छैन। यात्रुको परिवार र आफन्तलाई कस्तो भइरहेको होला ? एक जना आफन्तको त चीनमा मृत्यु पनि भयो रे भन्ने खबर सिन्ह्वामा पढ्न पाइएको थियो।
यति ठूलो एरियामा कहाँ खोज्ने अब विमानलाई ? watch video





No comments:
Post a Comment