ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस
Advertisement
''
Download
Thursday, 27 March 2014
के यौन उत्तेजना हुँदा लिङ्गको टुप्पामा आउने तरल पदार्थले गर्भ बस्छ ? जानी राखौ।
उत्तेजनाको स्रोत जेसुकै भए पनि यौन उत्तेजना भएपछि अलिकति रस लिङ्गको टुप्पामा देखिन्छ। पौरुष ग्रन्थिको मुनितिर मुत्रनलीसँग जोडिएको केराउका दानाजस्ता दुई ग्रन्थि हुन्छन् जसलाई अंग्रेजीमा Cowper's नबिलम भनिन्छ। यौन उत्तेजनाका बेला यही ग्रन्थिबाट निस्केको रस केही थोपाका रूपमा नै वीर्य स्खलनभन्दा पहिले लिङ्गको टुप्पामा देखिन्छ। केही व्यक्तिमा यो रस निस्कने कुरा नै थाह नपाउने गरी थोरै हुन्छ भने केहीमा चियाचम्चा वा त्यसभन्दा बढी पनि निस्कन्छ। यसको खासै कार्य वा उपयोगिता यकिनका साथ भन्न नसकिए पनि मूत्रनलीको अम्लीयपनलाई तटस्थ पार्छ भन्ने कुरामा विश्वास गरिन्छ। यसरी आउने तरल पदार्थमा सामान्यतः शुक्रकीट हुँदैनन्, त्यसैले सामान्य अवस्थामा यो रसको सम्पर्कबाट गर्भ रहँदैन, तर कतिपय स्थितिमा यदि केही समय पहिले मात्र हस्तमैथुन गरेर वा यौनसम्पर्क गरेर वीर्य स्खलन गरेको भए सो वीर्य स्खलनका कारण मूत्रनलीमा रहेका केही शुक्रकीट यो रसमा आउने सम्भावना रहन्छ। यस्तो स्थितिमा भने थोरै भए पनि गर्भ रहने सम्भावना रहन सक्ने कुरा भनिन्छ। हेल्थ संसार
No comments:
Post a Comment