ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Friday, 28 March 2014

यसरी भयो गाउँनै खरानी | रुपन्देहीमा भिषण आगलागी, २२ वटा घर तथा २ वटा ट्याङकी जलेर नष्ट


 रुपन्देहीको मानमटेरिया ५ मटेरियामा शुक्रवार दिउँसो भएको आगलागीबाट २२ वटा घर तथा २ वटा ट्याङकी जलेर नष्ट भएका छन्।
दिउँसो २ बजेदेखि लागेको आगलागीबाट करिब १ करोड रुपैया बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीबाट कुनै मानविय क्षती नभएपनि १ सय ६५ जना प्रभावित भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा हावाहुरी लागेका कारण आगो नियन्त्रणमा केहिबेर समस्या आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

अधिकांश फुस्का घरहरु रहेकोले पनि आगो नियन्त्रणमा समस्या भएको हो।आगो नियन्त्रणका लागि बुटवल र भैरहवाबाट दुईवटा दमकलको प्रयोग गरिएको थियो।

नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयवाशीले ३ घण्टापछि आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। -




No comments:

Post a Comment