काठमाडौं, चैत्र १५ - लोक गायिका मञ्जु महतको शनिबार निधन भएको छ ।

ग्रान्डीकै सघनकक्षमा उपचार हुँदै गर्दा मन्जुको निधन भएको हो । मन्जुकै सहकर्मी समेत रहेका गायक सूर्य रेग्मीले चार बजे तीर अस्पतालले उनलाई मृत घोषणा गरेको ईकान्तिपुरलाई बताए । मन्जुका पति र डेढ वर्षकी छोरी छन् । मन्जुलाई पशुपति शर्मासँग गाएको युगल गीत 'सोह्र दुना आठ' ले लोकगीतमा उचाई दिएको थियो ।
कास्की भरतपोखरी गाविसकी मन्जुले किङफिसर दोहोरी गायन प्रतियोगितामा प्रथम भएपछि काठमाण्डुमा जमेकी थिइन् । त्यसपछि उनी काठमाडौं दोहोरी साँझ, धरहरा दोहोरी साँझ र गामबेशी दोहोरी साँझमा आबद्ध रहीन् । पछिल्लो समय विदेश तथा स्वदेशका कन्सर्ट तथा सांस्कृतिक कार्यक्रममा व्यस्त भइरहेकी मन्जुका 'नभन है कसैलाई भन्न हुँदैन', 'हिरामोती झैं' लगायत एल्बम बजारमा आइसकेका छन् ।
No comments:
Post a Comment