ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Friday, 21 March 2014

कम्पनी भागेपछि मलेसियामा ८९ नेपालीको बिजोग

म्यानपावरले नहेर्दा चर्चमा बास
रामचन्द्र नेपाल, ७ चैत, क्वालालम्पुर । मलेसियाको सरेम्वानमा ८९ नेपाली बिचल्लीमा परेका छन् । सेरम्वानको मतिहरी गल्लामा रहेको सुङसिङ इन्टरप्राइजेज एसडिएन विचएडि कम्पनीका मालिकले कम्पनी नै बन्द गरेर हिँडेपछि त्यहाँ कार्यरत सबैको विचल्ली भएको हो ।

नियमितरुपमा चलिरहेको कम्पनी फेबु्रअरीको २६ तारिखदेखि एकाएक बन्द गरेर कम्पनीका मालिकहरु सम्पर्कमा नआएपछि उनीहरु समस्यामा परेका हुन् । नेपाली श्रमिकहरु बस्दै आएको तमान श्री वलायनमा रहेका पाँचवटा होस्टलमध्ये तीनवटा होस्टलमा कम्पनी मालिकले पैसा नदिएको भन्दै त्यहाँ बसिरहेका नेपालीलाई मार्च १८ तारिखका दिन एउटा होस्टलसमेत बन्द गरिएको छ ।

मार्च २० तारिखका दिन अरु दुईवटा होस्टलसमेत वन्द गरिदिएपछि थप समस्या भएको पीडित नेपालीले बताएका छन् । आउँदो सोमवार अरु थप दुईवटा होस्टल समेत खाली गर्नका लागि जानकारी आइसकेको पीडितले बताएका छन् ।

तीनवटा होस्टलबाट निकालिएका करीव ४५ जनालाई नेपाली दुतावासको पहलमा सोमबारदेखि सेरेम्वानको सेरेम्वानजया भन्ने स्थानमा रहेको चर्चमा राखिएको छ । आउने सोमवारपछि बाँकी रहेका दुईवटा होस्टलमा बसिरहेकाहरु पनि निस्कनु पर्ने भएपछि थप समस्या हुने देखिएको छ ।

कुन-कुन म्यानपावर संलग्न थिए ?

कम्पनीका कार्यरत अधिकांश नेपाली श्रमिकहरुको भिषा लागेको छैन । के कारणले कम्पनी बन्द भएको हो र किन उनीहरुको भिषा लागेको थिएन भन्ने बारे कसैलाई पनि थाहा हुन सकेको छैन । उक्त कम्पनीका लागि नेपालमा रहेका टाईटानिक मेनपावरले २१ जना, प्यासाफिक मेनपावरले १६ जना, निड मेनपावरले १५ जना, कन्काई ओभरसिजबाट ९जना, जापान डिनवाट ८ जना, आरके मेनपावरले ६जना, पिसजोनले ४ जना, अरुणाले १ जना, आशा मेनपावरले १ जना र वर्कफोर्स म्यानपावरले १ जना नेपाली श्रमिकहरुलाई पठाएका थिए । मलेसियावाटै बैधानिक हुने कार्यक्रम अन्र्तगत त्यहाँ ५ जना कार्यरत थिए ।

के भन्छन् पीडित ?

सो फर्निचर कम्पनीमा कतिपय कामदार चार वर्ष अघिदेखि र केही ६ महिना अगाडि मात्रै रोजगारीका लागि पुगेका थिए । होस्टल समेत नहुँदा निकै समस्या भैरहेको चार वर्षदेखि उक्त कम्पनीमा कार्यरत झापाका केशव भण्डारीले वताए ।

तीन वर्षदेखि कम्पनीमा कार्यरत ताप्लेजुङका डिलकुमार बिष्टले कुनै जानकारी नै नदिई कम्पनी बन्द भएपछि समस्या भएको वताए । ‘हामिलाई कहीँ कतैबाट पनि जानकारी दिइएन, एक्कासी विचल्लीमा पारियो ।’ उनले भने ।

त्यस्तै छ महिना अगाडि मात्रै कम्पनीमा आएका वेलवारी मोरङका अर्जुन जोशीले भने-’हामी जतिसक्दो छिटो नेपाल र्फकन चाहन्छौं, यसरी एक मिनेट पनि बस्ने मन छैन ।’

आफुहरु पीडित भएको जानकारी दूतावासमा गराएपछि दुतावासका प्रतिनिधि अध्यागमन कार्यालय सेरेम्वान, श्रम कार्यालय नेपाली श्रमिकहरु बसेको चर्च र होस्टलमा पुगेर फर्किएका छन । दूतावास स्रोतका अनुसार उनीहरु सबैजनाको पासपोर्ट कम्पनीले अध्यागमनमा लगेर वुझाएको जानकारी पाएको बताए । पीडित सबै नेपालीहरु नेपाल र्फकन तयार रहेकाले उनीहरुको फिर्तीका लागि पहल भैरहेको दूतावास स्रोतले जानकारी दिएको छ ।

केही मेनपावर कम्पनीहरुले आफ्ना श्रमिकलाई नेपाल फिर्ता वोलाउनका लागि टिकट दिनेसम्मको कुराकानी भैरहेको समेत स्रोतले वतायो । ‘नेपाली दुतावासका तर्फबाट यहाँको अध्यागमनका पदाधिकारीसँग कुराकानी भएको छ उहाँहरु छिटै स्वदेश फर्कदै हुनुहुन्छ,’ दूतावास स्रोतले भन्यो । 
भिबिन्न भिडियो हरु को साथ् मा मस्ती गर्न चाहानुहुन्छ भने हेर्नुहोस यो साइट >>> जानिराखौ. कम

No comments:

Post a Comment