पोखरा , चैत्र १६ – लेखनाथ, १४ बडहरेमा एक ७ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
प्रहरीले राखेको नाम पोखरा १७ लाई ललाईफकाई लेनपा, १३ राजाको चौतारामा बस्ने १७ बर्षका महमद करीमले बलात्कार गरेका हुन् । करीमलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी नायव उपरीक्षक राजेशनाथ बास्तोलाका अनुसार शनिवार दिउँसो सवा दुई बजेतिर करीमले बालिकालाई चौरमा लगेर बलात्कार गरेका थिए । बालिका चिच्याएको आवाज सुनेपछि आमा बाहिर निस्कदा बलात्कृत भएको देखेकी थिइन् । लगत्तै प्रहरीलाई खबर गरिएको र तत्कालै करीमलाई पक्राउ गरिएको थियो ।
करीमविरुद्ध जवरजस्ती करणी मुद्धामा आवस्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment