काठमाडौं, फाल्गुन २९ । मलेशियाले, चीनले शनिवारदेखि वेपत्ता मलेशियन एअरलाइन्सको विमानको सम्भावित टुक्रा भनि सार्वजनिक गरेको स्याटलाइट तस्वीर वास्तविक नभएको जनाएको छ । दक्षिणी चिनियाँ समुद्रमा तीन ठूला तैरिरहेको बस्तु देखाउँदै चीनले ती बस्तु विमानको हुनसक्ने जनाएको थियो ।
तर मलेशियाले भने चीनले सार्वजनिक गरेका तस्वीर
बास्तविक हुन् भन्ने कुनै आधार नभएको जनाएको छ । यसअघि हिजो मात्र विमान सम्पर्कविहिन हुनुभन्दा केही मिनेटअघिको सन्देश फेला परेको मलेसियाका अधिकारीहरुले बताएका थिए ।

उक्त विमानले वेपत्ता हुनुभन्दा केही मिनेटअघि मलेशियन एअर कन्ट्रोललाई “सबै ठिक छ ” भन्ने रेडियो सन्देश दिएको अधिकारीहरुको भनाइ छ । त्यसको केही मिनेटपछि नै विमानसँगको सम्पर्क विच्छेद भएको थियो ।
गत शनिबार २ सय ३९ जना यात्रु बोकेर क्वालालम्पुरबाट बेइजिङका लागि उडेको मलेशिया एयरलाइन्सको विमानको खोजीमा सिंगै विश्वले ध्यान दिएपनि सुइकोसम्म पाउन सकिएको छ्रैन ।
इमेज खबर
No comments:
Post a Comment