ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Wednesday, 19 March 2014

तन्नेरीहरुमा डरलाग्दो गरी फैलदै छ यौनरोग

पछिल्लो दश वर्षमा युवायुवतीहरुमा यौन संक्रामक रोग ५० प्रतिशतले बढेको पाइएको छ । बेलायतमा गरिएको अध्ययनले पछिल्लो दश वर्षमा २५ वर्ष मुनिका युवायुवतीमा यौनरोगको दर ५० प्रतिशतले बढेको देखाएको हो ।

विज्ञहरुका अनुसार यौन रोगमध्ये गोनोरिया वा सुजाक मात्र संक्रमित हुने युवायुती ह्वात्तै बढेका छन् । पछिल्लो एक वर्षमै गोनोरियाको संक्रमण पाँच गुणाले बढेको पाइएको छ । यौन रोगको संक्रमण बढ्दै जाँदा रोगका औषधि प्रतिरोधी जिवाणु प्रजातिको समेत विकाश हुँदै गएको र त्यस्ता जिवाणुलाई एन्टिबायोटिक्सले समेत कुनै असर नपार्ने हुनाले जोखिम निकै चुलिएको हो ।


बेलायती युवाहरुमा देखिएका अन्य मुख्य यौनरोगमा क्लेमाइडिया, हर्पेस तथा यौनांगमा फोका आउने लगायतका छन् । बेलायतमा गएको वर्ष झण्डै साढे ४ लाख जना नयाँ यौनरोगी युवाहरु थपिए । यो संख्या सन् २०११ को भन्दा ५ प्रतिशत र सन् २०१३ को भन्दा ४६ प्रतिशतले बढि हो ।

विज्ञहरुका अनुसार खासगरि २० वर्षको उमेर आसपासका युवायुवतीहरुमा असुरक्षित सेक्सको चलन बढ्दै गएको छ । आलोचकहरुले सरकारको यौनशिक्षा नीतिको अप्रभावकारीताका कारण यस्तो भएको बताएका छन् ।

No comments:

Post a Comment