हास्यकलाकार जोडी सिताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई सन्तान लाभ भएको छ। राजधानीको नर्भिक अस्पतालमा शुक्रबार बिहान ७ बजे सुन्तलीले पहिलो सन्तानको रुपमा छोरी जन्माएकी हुन्।
आमा र छोरी दुवै स्वस्थ्य रहेको कलाकार धुर्मुसले बताए। सुन्तलीले ३ केजी तौलकी छोरी जन्माएको उनले बताए ।
शरीरमा सुगर देखिएपछि कुञ्जनालाई १५ दिनदेखि नर्भिकमै भर्ना गरिएको थियो । चिकित्सकले चैत १५ को मिति तोकेको भएपनि अपरेशन गरेर बच्चालाई जन्म दिइएको हो। नेपाल टेलिभिजनबाट प्रसारित हुने हाँस्य श्रृङ्खला ‘मेरी बास्सै’का यो जोडीको २०६५ सालमा बिबाह गरेका थिए ।
No comments:
Post a Comment