ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Thursday, 17 April 2014

तलब नपाए पछी माग्ने बुडा र तक्मे बुडा मेरी बास्सै बाटै बाहिरिय !!!!

चर्चित पात्र माग्ने बुढा र तक्मे बुढा अहिले मेरी बाँस्सैमा देखिन छाडेका छन् । तक्मे बुढा अर्थात विल्सन विक्रम राई र माग्ने बुढा अर्थात केदार घिमिरे हाँस्य सिरियलमा नदेखिएपछि विभिन्न खालका चर्चा पनि हुने गरेका छन् । केही दिन अगाडिसम्म केदार र विल्सनले अभिनय गरेका केही पुराना दृश्यहरु प्रशारण भएको थिए । तर गतहप्तादेखि ती दृष्य पनि रोकिएको छ । तक्मे र माग्ने बुढाले नयाँ दृश्य खिच्न अस्वीकार गरेपछि यस्तो परिस्थिति सिर्जना भएको वुझिएको छ । विगत ८ महिनादेखि ‘मेरी बास्सै’का कलाकारले तलब पाएका छैनन् । जसका कारण केदार र विल्सनले तलब नपाएसम्म नयाँ दृश्य नखिच्ने अडान लिएका हुन् । तर यसको निर्माण कम्पनी मिडिया हबले भने नयाँ दृश्य खिचेर ल्याउन अाग्रह गरेको थियो । तलब नपाएपछि विल्सन र केदार घिमिरेले नयाँ सिरियल बनाउने तयारी गरेको श्रोत बताउँछ । अहिले धुर्मुस अर्थात सिताराम कट्टेलको मात्र दृश्य समावेश गरिएको भाग प्रशारण भैरहेको छ । यस बिषयमा सितारामसँग वुझ्न खोज्दा उनले कुनै प्रतिक्रिया दिन मानेनन् । सिरियलमा सुन्तलीको भूमिकामा देखिने उनकी पत्नी कुन्जना घिमिरे पनि सन्तानलाभका कारण पछिल्ला दुइ महिनादेखि सिरियलमा देखिएकी छैनन् । सिताराम र केदारको शितयुद्ध चलेको पनि लामै समय भैसकेको छ । यसैले पनि सिताराम र केदारले छुट्टाछुट्टै रुपमा दृश्य खिच्ने गर्दथे । कलाकार निकट सूत्रहरूले दिएको जानकारीअनुसार अरू दुई चर्चित हाँस्य सिरियल ‘तितो सत्य’ र ‘जिरे खुर्सानी’का कलाकारले पनि मिडिया हबबाट पाउनु पर्ने रकम पाएका छैनन् । - अनलाइनखबर

''
Download

No comments:

Post a Comment