ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Monday, 21 April 2014

साउदी अरेबियाकी एक महिलाले गाडी चलाउँदा पतिलाई जरिवाना

रियाद (एएफपी), वैशाख ८ - साउदी अरेबियाकी एक महिलाले गाडी चलाउँदा प्रहरीले पतिलाई पक्राउ गरी जरिवाना तिराएको छ । त्यहाँ महिलालाई गाडी चलाउन प्रतिबन्ध छ । तर ती महिलाले त्यसको बेवास्ता गर्दै पतिको गाडी चलाएकी थिइन् ।

प्रहरीले महिलाले कानुनको उल्लंघन गरेको आरोपमा दम्पतीलाई पक्राउ गरी पतिलाई जरिवाना तिराएको हो । तेइस वर्षीया यी महिलालाई पतिसहित पूर्वी प्रान्तको कातिफ जिल्लाबाट पक्राउ गरिएको थियो । प्रहरीले यो दम्पतीबाट यस प्रकारको अपराध पुनः नगर्ने वचन लिएको छ । उनीहरूलाई जमानतमा रिहा गरिएको छ । महिलाका २८ वर्षीय श्रीमान्लाई नौ सय रियाल जरिवाना गरिएको छ । उनीहरूको गाडी सात दिनका लागि रोक्का पनि गरिएको छ ।

ती महिलालाई चालक प्रमाणपत्र नलिइकन गाडी चलाएको भनी दण्ड गरिएको छ । यस्तो प्रमाणपत्र लिन साउदी अरेबियामा महिलामाथि प्रतिबन्ध छ । महिला अधिकारवादीले यो प्रतिबन्ध हटाउन पटकपटक अनुरोध गरेका छन् ।

''
Download

No comments:

Post a Comment