ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Sunday, 20 April 2014

टाउको मा पानि जमे पछी बालक को जिबन कस्टकर आर्थिक सहयोग को माग

धनकुटा, बैशाख ७ । आर्थिक अभावले टाउकोमा पानी जमेर उपचार गर्न नसक्दा धनकुटा सान्ताङ्गका लयनकुमार र सुवासकुमारी याख्खाको तीन वर्षीय छोरो सुकाल कुमारको जीवन कष्टकर बन्दै गएको छ । जन्मेको नौं दिनदेखि बढ्दै गएको सुकालको टाउको आठ किलोभन्दा ठूलो भएको छ ।शरीरका अरु अंग भने सामान्य छ । आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न नसकेपछि याख्खाको परिवार आर्थिक सहयोग जुटाउन विभिन्न संघ संस्था धाइरहेका छन् ।छोरालाई अपांगको सूचीमा राखेर आर्थिक सहयोग गरिदिन जिल्लास्थित अपांग संघलाई आग्रह गरेपनि कुनै चासो नदिएको उनीहरुले बताए । सामान्य खेतीपातीबाट जिविकोपार्जन गदैं आइरहेका उनीहरुले सुकालको जीवन रक्षाको लागि आर्थिक सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् । 
इमेज खबर

''
Download

No comments:

Post a Comment