
अघिअघि पञ्चैबाजा टोली, त्यसपछि लोकन्ती अनि दुलहा-दुलही र ७० जना जन्तीको लस्कर बेहुली पक्षको घरमा पुगेको थियो । जहाँ दुलही निकालिरहनु पर्दैनथ्यो । दुलहा-दुलही सरासर गएर जग्गेमा बसे अनि दुलहीका बाबुले उनीहरूको स्वयम्बरदेखि सबै कर्मकाण्ड गरिदिए ।
नेपाली सेनामा कार्यरत मन्थली ९ का पुष्कर भुजेल दुलाहा थिए । अनि उनले झन्डै ६ महिनाअघि सल्लाहले सँगै राखेकी तिल्पुङ गाविस ढ्याङ्ग्रेकी मञ्जु भुजेल दुलहीको पहिरनमा सजिएकी थिइन् । महिनौंदेखि बुहारीको नातामा घरमै रहेकी मञ्जुलाई सासूले बेहुलीको घुम्टो ओडाइदिएकी थिइन् । 'भयो अब, राम्री देखिएकी छौ,' सासूले बुहारीलाई अन्माउने बेला यस्तै ठट्टा गरिन् ।
'लु अब दुलाहालाई दही खुवाएर साइतको बिदा गरौं,' छरछिमेकीले त्यसोभन्दा दुलहीले पुलुक्क हेरिन्, उनले भने दही भेटिनन् । बेलुका फर्किंदा घरभित्र पस्ने साइतको दहीचाहिँ पाइन् । विधिपूर्वक दही खुवाएर बुहारीलाई तिनै सासूले भित्र्याइन्, जसले बिहान अन्माएकी पनि थिइन् । बुहारी भित्र्याउने काम सकेपछि गाउँभरिका आफन्तले दुलहीको मुख हेरेका थिए ।
'यस्तो विवाह यसअघि देखिएको थिएन,' जन्तीहरू आपसमा यस्तै भन्दै थिए । आफ्नो गाउँमा परिचित भइसकेकीलाई लिएर बेहुली पक्षको घर पुग्ने जन्तीले खानपिन र नाचगान गरेर दिन कटाए ।
दुलहा र दुलहीसहितको जन्ती बेहुलीको घरतिर जाँदा बाटोमा पर्नेले बेहुली ल्याएको भन्थे तर बेलुका तिनै जोडी बाजा घन्काउँदै र्फकंदा अल्मलिएका थिए ।
विवाह कस्तो भयो ? दुलाहा पुष्कर लजाउँदै भन्छन्, अनौठो भो । घरबाट सँगै लगेकी श्रीमतीलाई बेलुका फर्काएर ल्याएका उनले तिलकका रूपमा केही ल्याएनन् । 'दुई दिनअघि विवाहका लागि अन्मिएर आउनु भन्ने खबर भएकाले हतारमा गइयो,' पुष्कर भन्छन्, तिलकको सरसामान तयार हुँदैछन् रे आउलान् नि ।
'' Download |
No comments:
Post a Comment