चितवन, वैशान १ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याका आरोपीका परिवारले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराइलाई पक्राउ गरेर देखाउन माग गरेका छन् । अधिकारी हत्याको आरोपमा सरकारी वकिलको कार्यालय चितवनले हिजो १३ जना विरुद्ध मुद्दा दायर गरेपछि आरोपीका परिवारले आज चितवनमा पत्ररकार सम्मेलन गरी यस्तो माग गरेका हुन् ।

/>अधिकारी जनयुद्धका क्रममा मारिएको भन्दै उनीहरुले युद्धको कमाण्ड गरेका दाहाल र भट्टराईलाई पक्रन चुनौती दिएका हुन् । झण्डै एक महिना प्रहरी हिरासतमा रहेर रिहा भएका अजिव पौडेलले आफूहरु राज्य र माओवादीको चपेटामा परेको दुखेसो गरे ।
उनले अधिकार हत्याको यथार्थ सार्वजनिक गर्नपनि माओवादी नेताहहरुलाई आग्रह गरे । २०६१ साल जेठ २४ गते माओवादीले चितवनको रत्ननगरमा कृष्ण अधिकारीलाई गोली हानी हत्या गरेको थियो ।
हत्यारालाई कारबाही माग गर्दै कृष्ण अधिकारीका बाबुआमा निरन्तर अनसनमा बसेको डेढसय दिन भन्दा बढी भइसकेको छ ।
image khabar

'' Download |
No comments:
Post a Comment