
स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले आइतबार फायर बाइक सेवा औपचारिक रुपमा सुभारम्भ गरे । जुद्ध वारुणलाई हंसराज हुलासचन्द एन्ड कम्पनीले १० वटा तुफान फायर बाइक निःशुल्क उपलब्ध गराएको हो । कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण अर्याललाई उक्त बाइकहरु हस्तान्तरण गरे ।
व्यवसायीक सामाजिक उत्तरदायित्वअन्र्तगत विपत व्यवस्थापनमा ३५ लाख रुपैयाँ बराबरको १० वटा बजाज एभेन्जर फायर बाइक उपलब्ध गराएको गोल्छाले बताए । आफ्नो कम्पनीले विभिन्न सामाजिक काममा सहयोग उपलब्ध गराउने क्रममा जुद्ध वारुणलाई फायर बाइकहरु हस्तान्तरण गरेको स्पष्ट पारे ।
फायर बाइकले आगलागी नियन्त्रण तथा उद्धार कार्यमा सहयोग पुर्याउने विश्वास गोल्छाले व्यक्त गरे । ‘हरेक मोटरसाइकलमा भिन्न-भिन्न प्रविधि जडान गरिएको हुँदा प्रकोप स्थलहरुमा दमकल भन्दा चाँडै पुगेर उद्धार कार्यलाई सहज बनाउने छ’ उनले भने- ‘काठमाडौंजस्तो स-साना गल्लीहरु भएका ठाउँमा यी मोटरसाइकलहरु निकै प्रभावशाली हुनेछन् ।’
तुफान फायर बाइकको अवधारणा भने जुद्ध वारुण यन्त्रका प्रमुख किशोर भट्टराईले बनाएका हुन् । ‘हाम्रो आवश्यकता र समस्यालाई प्रविधिसँग जोड्ने क्रममा यो अवधारणको विकास भएको हो’ उनले भने- ‘फायर बाइकले काठमाडौंजस्तो साँघुरा गल्ली र ट्राफिक जाम हुने स्थानमा आगलागी नियन्त्रण र उद्धार कार्यमा निकै उपलब्धीमूलक हुनेछ ।’
वारुणयन्त्रसँग बजेट नहुँदा गोल्छा अर्गनाइजेशनसँग फायर बाइक सञ्चालनका लागि सहयोग गर्न प्रस्ताव गरेको भट्टराईले बताए । बजाजको एउटा बाइक लिएर नमुना बनाई देखाएपछि गोल्छा अर्गनाइजेशन सकरात्मक भएर १० वटा बाइक उपलब्ध गराएको उनले जानकारी दिए ।
हरेक बाइकमा आवश्यकताअनुसार छुट्टा-छुट्टै प्रविधिहरु जडान गरिएको छ । बन्द कोठामा भएको आगलागी नियन्त्रणमा ल्याउन गि्रल काट्ने मेसिन समेत राखिएको छ । बाइकमा आगलागी नियन्त्रण, आगोबाट पीडितहरुको उद्धार, सडक दुर्घटनामा परेकाहरुको उद्धार, बाढी पहिरोमा परेकाहरुको उद्धार, इनारमा फसेकाहरुको उद्धार, अग्लो स्थानमा भएको आगलागी नियन्त्रण, जंगलमा भएको आगलागी नियन्त्रणका लागि आवश्यक सबै उपकरणहरु जडान गरिएको छ ।
जापान, सिंगापुर, मलेसिया लगायतका देशहरुमा यही प्रविधि अपनाइएको हुँदा नेपालमा पनि सुरुवात गरिएको शेखर गोल्छाले बताए । फायर बाइक काठमाडौंजस्तो स्थानमा धेरै उपयोगी हुने बताउँदै उनले सामाजिक कार्यमा ल्याउने बाइकलाई राज्यले पनि भन्सार छुट दिएर सहयोग गर्नुपर्नेमा जोड दिए ।
फायर बाइक दमकलको विकल्प भने होइन् । यो बाइकले आगलागी तथा विपत परेका स्थामा स्थानमा दमकल भन्दा चाँडो पुगी घटनालाई नियन्त्रणमा लिने काम गर्नेछ । त्यतिबेलासम्म दमकल पुगेर घटनालाई पूर्ण नियन्त्रणमा लिनेछ । जस्ले गर्दा घटनाले ठूलो रुप लिन पाउने छैन् ।
बाइकमा २५ केजी केमीकल हुनेछ । जुन केमीकल बोकेर आगलागी भएको स्थानमा पुगी निभाउन सकिन्छ । उक्त केमिकलमध्ये २० केजी ड्राई केमीकल पाउडर (डीसीपी) हुने छ भने ५ केजीजति सिओटु कार्वनडाइअक्साइड ग्यास हुनेछ ।
‘२०३२ सालमा विरानगरमा रहेको हाम्रो रघुपति जुट मिलमा लागेको आगो १७ दमकललाई निभाउन एक महिना लागेको थियो’ शेखर गोल्छाले भने- ‘आगलागीबाट पिडीत भएका कारण पनि हामीले वारुण यन्त्रलाई बाइक सहयोग गरेका हौं ।
No comments:
Post a Comment