काठमाडौं, वैशाख १५ । ‘संविधानसभाको सभासद हुँ’ भन्दै हिंड्ने एक व्यक्ति प्रहरीको फन्दामा परेका छन् । काठमाडौंको जोरपाटीस्थित माकलबारीमा बस्दै आएका सागरबहादुर थापालाई स्थानीय बासिन्दाले आज नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका हु्न् ।
थापाले आफू संविधानसभाको सभासद भएको र गृहमन्त्री लगायत विभिन्न मन्त्रीहरुसँग सम्बन्ध रहेको तथा संविधानसभाको
समितिको समेत अध्यक्ष रहेको भन्दै उनले सर्वसाधारणबाट अनुचित लाभ लिने कोसिस गरेपछि उनी प्रहरीको फन्दामा परेका हुन् ।
बुटवलका स्थायी बासिन्दा थापाले गत चैत्र २६ गते आफ्नो छोराको ब्रतवन्धको निम्ता कार्डमा समेत माननीय सभासद लेखेको थाहा भएको छ । उनले आफूलाई विश्व हिन्दू युवा संघको अध्यक्ष र राष्ट्रिय शिवसेना पार्टीको प्रवक्त्ता समेत बताउने गरेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका एक जना डिएसपी र हवल्दारले समेत हरेक दिन थापालाई सलाम गर्ने गरेकोले उनीहरुमाथि पनि छानबिन गर्नुपर्ने माग स्थानीय बासिन्दाले गरेका छन् । इमेजखबर
थापाले आफू संविधानसभाको सभासद भएको र गृहमन्त्री लगायत विभिन्न मन्त्रीहरुसँग सम्बन्ध रहेको तथा संविधानसभाको
समितिको समेत अध्यक्ष रहेको भन्दै उनले सर्वसाधारणबाट अनुचित लाभ लिने कोसिस गरेपछि उनी प्रहरीको फन्दामा परेका हुन् ।बुटवलका स्थायी बासिन्दा थापाले गत चैत्र २६ गते आफ्नो छोराको ब्रतवन्धको निम्ता कार्डमा समेत माननीय सभासद लेखेको थाहा भएको छ । उनले आफूलाई विश्व हिन्दू युवा संघको अध्यक्ष र राष्ट्रिय शिवसेना पार्टीको प्रवक्त्ता समेत बताउने गरेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका एक जना डिएसपी र हवल्दारले समेत हरेक दिन थापालाई सलाम गर्ने गरेकोले उनीहरुमाथि पनि छानबिन गर्नुपर्ने माग स्थानीय बासिन्दाले गरेका छन् । इमेजखबर
बिबिध जानकारी को लागि र रमाइलो भिडियो हेर्न को लागि यहाँ किलिक गर्नुहोला >> जानिराखौ . कम
|
'' Download |




No comments:
Post a Comment