३१ वर्षको उमेरमा रत्ति समस्या नहुनुपर्ने हो स्वास्थ्यमा । जहानबालाको भविष्य उज्ज्वल बनाउन दुखजिलो गरेर मिहेनत गर्नुपर्ने हो । यस्तो सपनाबिनाका युवा पनि होइनन् उनी । करिब १० वर्ष खाडीको मरुभूमिमा पसिना पनि बगाएका हुन् ।
बिकट गाउँमा जन्मिए, अभिशाप बन्यो गरिब जिन्दगी । स्वास्थ्यमा एकैचोटी समस्या देखियो, स्थानीय अहेवले ठूलो अस्पतालमा जँचाउन सल्लाह दिए । गाउँमा सिकिस्त भएपछि काठमाण्डौ ल्याइयो, अस्पतालमा भर्ना गराएपछि डायलाइसिसका लागि लाखौ बिल आएछ, यत्ति मात्र होइन जीवनमरणको दोसाँधमा पुगीसकेछन् बिचरा यी युवक ।
बागलुङ जिल्लाको बोंगादोभान गाविस वडा नं. ६ निवासी स्वर्गीय रेशमबहादुर छन्त्यालको छोरा ३१ बर्षीय केरबहादुर छन्त्याल हुन् उनी । डाक्टरको भाषामा केरबहादुरको दुबै मृगौला 'ड्यामेज अथवा फेल' भएका छन् रे । उपचारमा उनको निरन्तर हेरचाह गर्दै लाखौको बिलमा पसिना पुछ्तै सुस्केरा छोड्ने आफन्तले टेलिफोनमा नमस्ते नेपाली डट कमलाई भन्छन् : 'हाम्रो भाइलाई कहाँबाट यस्तो समस्या आइलाग्यो ? शत्रुलाई पनि यस्तो नपरोस् । '

माघ महिनादेखि उनको उपचारमा संलग्न आफन्तहरुले उनलाई यस्तो गम्भीर स्वास्थ्य समस्या छ भन्ने जानकारी दिएनन् । एक दिन उनी छेवैको अर्को बेडमा एकजना रुखबाट खसेर दाहिने साप्रोमा गम्भीर चोट लागेको बिरामी आएछ । उनले आफ्ना दुई दिदीलाई भनेछन् : 'त्यो बूढोको साप्रो कहिले निको होला हैन नानाहरु ? मेरो त के पो समस्या छ र हैन ?' नानाहरुको आँखाभरि आँशुले भरिए रे । तै पनि थाहा दिएनछन् ! दुई तीन महिनापछि अचेल उनलाई पनि थाहा छ रे उनको दुवै मिर्गौलामा खराबी छन् भनेर । उनी चिन्तित देखिन्छन् : उनले आफूलाई टाउको फुटेभन्दा ठूलो समस्या परेको रहेछ भन्ने कुरा सोच्दा होलान् । उनीसँग भएको २-३ लाख रुपैयाँ डायलाइसिसमै सकिएछ, अझै डायलाइसिस गरिरहनु परेको र औषधि सेवन गरिरहनुपर्ने अवस्थामा रहेछन् उनी । मिर्गौला फेर्नलाई लाखौँ खर्चको जरुरत रहेछ । तपाई हाम्रो थोरै थोरै सहयोगले उनले नया जीवन पाउन सक्ने छन् ।
धर्मकर्म र तीर्थब्रतभन्दा दर्दनाक अवस्थामा रहेका केरबहादुर जस्तालाई नयाँ जीवन दिन सक्यौं भने उनको हृदयले जीवनभरी चढाएको धन्यवादमा कैयन गुणा बढी पुण्य प्राप्ति पनि हुने छ ।
हामी यहाँहरुलाई सहयोगका लागि हार्दिक अपिल गर्दछौ । नमस्ते नेपालीमार्फत सहयोग उनलाई सहयोग गर्ने महानुभावहरुको नाम र सहयोग परिमाण स-सम्मान वेबसाइटमा राख्ने निर्णय गरेका छौं । पाँच हजार रुपैयाँभन्दा बढी सहयोग गर्नु हुनेहरुको नामावली विवरणमा फोटोसमेत प्रकाशन गरेर सम्मान गर्ने छौ ।
थप मनोरंजन को लागि यहाँ जानुहोला >>>> जानिराखौ . कम
|
'' Download |

No comments:
Post a Comment