ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Monday, 19 May 2014

६० वर्षीय पुजारीद्वारा मन्दिरमै ५ वर्षीया बालिका बलात्कृत

प्रेम सुनार
गुल्मी, जेठ ५– गुल्मीको आँपचौरको एक मन्दिरमा पुजारी रहेका एक ६० वर्षिया बृद्धले स्थानिय ५ वर्षकी अवोध दुधे वालिकालाई मन्दिर भित्रै वलत्कार गरेका छन् ।
बैशख ३१ गते जोहाङ्ग ४ घर भई आँपचौर ७ को वराह मन्दिरमा पुजारी रहेका ६० वर्षिय बृद्ध एकुराज भण्डारीले सोही मन्दिर भित्र ५ वर्षिया वालिकालाई वलत्कार गरेको प्रहरीले जनाएको छ ।
‘ ६÷ ७ जना वाल वालिकाहरु मन्दिरमा खेल्न आएका रहेछन्’– जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालले भने–‘ ति मध्ये ति ५ वर्षिया वालिका रिना नाम परिवर्तनलाई
निज पुजारीले भित्र लगेर वलात्कार गरेको खुल्न आएको छ । ’
उनका अनुसार निजले प्राकृतिक र अप्राकृतिक दुवै तरिकाले वलत्कार गर्दा वालिकाको गुप्ताङ्गमा समेत गम्भीर असर परेको छ । निज पुजारी त्यहाँबाट फरार भए पनि प्रहरीले चैतर्फी घेराउ गरी पक्रेर अहिले अदालमा म्याद थप गरी हिरासतमा राखेको लम्सालले जानकारी दिए ।
यसै विच प्रहरीले थप दुई वालिका वलत्कार उद्योगका अभियोगीलाई पनि यसै हप्ता प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । बैशाख २० गते गुल्मीको दुविचौर ६ मा ८ वर्षिया वालिकालाई वलात्कार उद्योग गर्ने १४ वर्षिय अशोक नाम परिवर्तन र बैशाख २९ गते हसराको खैरेनीमा १० वर्षिया वालिकालाई वलत्कार उद्योग गर्ने तराई मुलका दुई जना भाँडा व्यापारिलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख लम्सालले जानकारी दिए ।
उनका अनुसार गत श्रावण देखि अहिले सम्म गुल्मीमा ११ जना वालिका वलत्कारीहरुको शिकार भई सकेका छन् । आँपचौरमा ५ वर्षिया वालिका वल्कार गर्ने ६० वर्षिय बृद्धले जस्तै केहि दिन अघि जोहाङ्ग १ को शिव मन्दिरका पुजारी आँपचौर ८ का खिमानन्द अर्यालले पनि ९ वर्षिया वालिका वलत्कार गरेको प्रहरीले सार्वजानिक गरेको थियो । निज अर्याललाई वलात्कार अभियोगमा अहिले पुर्वक्षका लागि कारगार चलान गरिएको लम्सालले बताए ।
थप समाचार

''
Download

No comments:

Post a Comment