ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Sunday, 4 May 2014

सभासद साह पक्राउ लगत्तै जनकपुरको सुरक्षामा व्यवस्थामा कडाइ

जनकपुरधाम, वैशाख २१ – जनकपुर बमकाण्डाका मुख्य अभियुक्त सभासद सञ्जयकुमार साह पक्राउ परे लगत्तै जनकपुरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
धनुषा क्षेत्र नं ४ बाट निर्वाचित सभासद साह पक्राउ परेपछि उनका समर्थकले गर्न सक्ने सम्भावित हिंसात्मक क्रियाकलापलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको धनुषाका प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

सभासद साहका समर्थकहरु जनकपुरमा भेला भइ हिंसात्मक गतिविधि गर्न सक्ने आशंकामा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको हो । साहको मुख्य गढ जनकपुर क्षेत्र मानिन्छ ।
शनिबार राति नेपाल र भारतको सीमा क्षेत्रबाट पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । सभासद साहलाई केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले पक्राउ गरेको उपरीक्षक सुवेदीले जानकारी दिनुभयो । सदभावना पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका साहलाई आइतबार नै धनुषा जिल्ला अदालतमा हाजिर गराइएको छ ।   

२०६९ वैशाख १८ गते मिथिला राज्य संघर्ष समितिले रामानन्द चोकमा मिथिला राज्यको माग गर्दै शान्तिपूर्ण धर्नामा बसेका बेला गराइएको बम विष्फोटमा ५ जनाको ज्यान जानुको साथै दुई दर्जन भन्दा बढी घाइते भएका थिए । बम काण्डका मुख्य योजनाकार मध्ये  थुनामा रहेका तराई विद्यार्थी लिबरेशन फ्रन्टका अध्यक्ष मुकेश चौधरीले धनुषा जिल्ला अदालतमा सभासद साहकै निर्देशनमा  आफूले विष्फोट गराएको बयान दिएका थिए । चौधरी बयान दिएकै बेलादेखि  सभासद साह फरार थिए ।

यस अघि घटनामा संलग्न रहेको आरोपमा बम विस्फोट भएको १८ दिनमै सप्तरी बिसहरियाका शिवम शर्मा भनिने जयप्रकाश चौधरी, धनुषा सपही १ का प्रकाश भनिने सुरेशकुमार कर्ण, महोत्तरी मडैका रिपेन्द्र झा र धनुषा भुतही पटेर्वाका मुकेशकुमार कर्णलाई पक्राउ गरिएको थियो भने तराई विद्यार्थी लिबरेशन फ्रन्टका अध्यक्ष चौधरी र सभासद साहका पूर्व सहयोगी ओम यादवलाई एक महिना अघि पक्राउ गरी ज्यान सम्बन्धि मुद्दा चलाउँदै पुरपक्षका लागि कारागार पठाइसकेका छन् । 

प्रहरीले रामानन्द चोक बम काण्डमा तीन जना अन्य व्यक्तिलाई पनि खोजी गरिरहेको छ । फरार रहेका तराई कोब्राका उमेश यादव, जनतान्त्रिक तराई मुक्ती मोर्चाका राजनप्रताप भनिने प्रफुल्ल यादव र जितेन्द्रलाल कर्ण रहेको सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । सभासद साह पक्राउलाई प्रहरीले ठुलो सफलताको रुपमा लिएको छ ।

''
Download

No comments:

Post a Comment