ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Sunday, 11 May 2014

यौनसन्तुष्टि नदिएको भन्दै पतिको हत्या

काठमाण्डौ, २८ वैशाख । भारतमा एक २८ वर्षिय महिलाले आफ्नो पतिबाट यौनसन्तुष्टि नभएको भन्दै हत्या गरेकी छिन् । सुधा गुप्ता नाम गरेकी ति महिलाले आफ्नो श्रीमान्लाई मार्न अन्य व्यक्तिहरुको सहयो लिएको रहस्य प्रहरी बाहिर ल्याएको छ ।

इण्डियन एयर फोर्समा सर्जिन्टको पदमा रहेका ४० वर्षिय रमेश चन्द्रलाई एक्कासी मुटुको समस्या आएपछि उनलाई हस्पिटल लगिएको थियो । हस्पिटलमा डाक्टरले मृत घोषण गरेपछि उनलाई पोष्टमार्टमको लागि लगिएको थियो । पोष्टमार्टम गर्दा मुटुमा कुनै समस्या नरहेको र उनको मृत्य निशासिएर भएको तथ्य बाहिर आएपछि प्रहरीले सुधाको घरमा खानतलासी गरेको थियो ।

प्रहरीले गरेको अनुसन्धानमा रमेश चन्द्र स्वस्थ मानिस रहेको र उनमा कुनै समस्या नरहेको तथ्य सार्वजनिक गरेपछि उनको श्रीमतिमाथि प्रहरीले कडा निगरानी गरेको थियो । सुधामाथि प्रहरीले दबाब दिएपछि उनले आफ्नो पतिको हत्या गरेको स्विकारेकी थिइन् ।

स्रोतले बताएअनुसार सुधाले पतिबाट यौन सन्तुष्टि प्राप्त नभएको कुरा सार्वजनिक भएको छ । कार्यकारी प्रहरी कमिश्नर दिनेश कुमार गुप्ताले छानबिनको प्रक्रिया अगाडि बढेको र यसबारे थप प्रमाणको आवश्यता खोज्ने प्रयास भइरहेको बताएका छन् ।
थप समाचार हेर्नुहोस

''
Download

No comments:

Post a Comment