मंगलवार आएको पत्रबारे आयोगले छलफलनै गरेन। बुधवार ४ बजे आचारसंहिता समितिका प्रमुख आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा विभिन्न मन्त्रालयका सचिवसहित पत्रबारे छलफल गरे। तर, सो विषय जटिल भएको भन्दै आयोगको प्रमुख आयुक्त सहितको पूर्ण बैठकमा सो विषय निर्णयका लागी पठाउने निष्कर्ष निकालेर बैठक टुंग्याए।
काठमाडौंको क्षेत्र नम्बर २ को उप–निर्वाचनको मिति घोषणा भएकाले काठमाडौंको प्रहरी प्रमुख फेर्न आयोगको स्विकृती अनिवार्य हुन्छ। आयोगको सहमती विना खरेलको सरुवा सम्भव नभएकाले मन्त्रालयले पत्र पठाएको थियो। बिहिवार गणतन्त्र दिवसको सरकारी विदाका कारण खरेलको सरुवाको अनुमतीबारे आयोगमा शुक्रवार मात्रै बैठक बस्नेछ।
कोइराला खरेलको पक्षमा !
विश्वस्तस्रोतका अनुसार एमालेको तर्फवाट सरकारको नेतृत्व गरिरहेका बामदेव गौतमको इच्छामा खरेलको सरुवाको तयारी गरिएपछि सरकारको नेतृत्व गरेको नेपाली काँग्रेस भने सहमत देखिएको छैन। प्रधानमन्त्री सुशिल कोइराला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथमा भाग लिन भारत गएको अवस्थामा गृहले सरुवा प्रकृयालाई अगाडि बढाएको थियो।
काठमाडौं क्षेत्र नम्बर २ को उपनिर्वाचनमा एमालेको तर्फवाट उम्मेदवार बनेका कृष्ण गोपाल श्रेष्ठ गृहमन्त्री बामदेव निकट हुन्। खरेलको सरुवालाई काँग्रेसीहरुले श्रेष्ठलाई निर्वाचनमा सहज बनाउने अभ्यासमा रुपमा समेत लिएका छन्। डिआइजीको बढुवाको आर्थिक चलखेल भइरहेको खरेलको सार्वजनिक भनाईको छानवीनका लागी प्रहरी प्रधान कार्यालयले छानवीन समिति गठन गरिसकेकाले उसको प्रतिवेदनपछि मात्रै सिफारिस अनुसारको कारवाहीको पक्षमा कांग्रेसका केही प्रभावशाली युवा नेता सक्रिय रहेको विश्वस्तस्रोतले बतायो।
यही आधारमा निर्वाचन सम्पन्न नभएसम्म खरेललाई काठमाडौंवाट हटाउन हुन्न भन्ने पक्षमा काँग्रेसका नेता देखिएका छन्। विश्वस्तस्रोतका अनुसार प्रधानमन्त्री कोइराला समेत खरेललाई हटाउने पक्षमा छैनन्। तर, काग्रेसका केही सभासद् भने गृहमन्त्री गौतमको निर्णयको पक्षमा देखिएका छन्।
स्रोतका अनुसार विवादीत पृष्ठभुमी रहेका तीर्थ लामा,शंकर भन्डारी लगायतका केही सभासदहरु भने खरेलको सरुवाको पक्षमा रहेको स्रोतले बतायो। आयोगका अधिकारी यो विषयको टुंगो प्रधानमन्त्री स्वदेश फर्किएपछि लगाउने निष्कर्षमा रहेकाले बुधवार निर्णय हुन नसकेको हो। कोइराला बुधवार फर्किएकाले शुक्रवार सहमती दिने वा अस्विकार गर्ने विषयमा निर्णय हुने आयोगका एक अधिकारीले जानकारी दिए।
थप जानकारी
|
'' Download |




No comments:
Post a Comment