काठमाडौ १४ जेठ । राजनीतिक दबाव र रकम चलखेलका कारण रोकीएको डीआईजी बढुवा अन्तत: हुने भएको छ । डीआईजीद्धय प्रतापसिंह थापा र बिरेन्द्रबाबु श्रेष्ठले ३ करोडको व्रिफकेस गृहमन्त्रीलाई बुझाएकै कारण बढुवा सूचीमा परेको स्रोतले बताएको छ । स्रोतका अनुसार गृहमन्त्री बामदेव गौतमले दुई जना डीआईजी आफ्नो भागवण्डामा पाए । सोही कोटामा मोलमोलाई मिलेपछि डीआईजीद्धयको बढुवा हुने भएको हो । सायद, महानगरीय प्रहरी परिसरमा कार्यारत एसएसपी रमेश खरेलले केही दिन पहिले यसै विषयलाई सञ्चारमाध्यामबाट उठाउने प्रयास गरेका थिए ।व्रिफकेश बोकेर बढुवाका लागि डीआईजीहरु नेता–नेताको घरघरमा धाइरहेका छन् भन्ने एसएसपी खरेलको अभिब्यक्ति सार्वजनिक भएलगत्तै उनीमाथि कारवाही गर्न छानविन समिति नै गठन भयो । छानविन प्रक्रिया नसकिँदै एसएसपी खरेललाई प्रहरी प्रधान कार्यालय तानियो । मुलुकमा बढेको भ्रष्टाचार विरुद्ध खरेलले बोलेका यथार्थ विषय बस्तुलाई लुकाउन त्यहाँबाट उनलाई हटाइयो । प्रहरीका ठेकेदार दिपक भट्टले गृहमन्त्री गौतमलाई ३ करोड रकम दिने सर्तमा डीआईजी प्रतापसिंह थापालाई एआईजीमा बढुवा गर्न लागेको गृह स्रोतले बताएको छ । त्यसैगरी, एमाओवादीको आर्शिवादका कारण एसएसपीबाट डीआईजी बनेका विरेन्द्रबाबु श्रेष्ठले समेत ३ करोड दिने सर्तमा बढुवा पाउने भएका छन् । डीआईजी श्रेष्ठको डील अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमार्फत भएको बुझिएको छ । पछिल्लो समयमा विरेन्द्रबाबुलाई काँग्रेसका महामन्त्री एबं उपप्रधानमन्त्री प्रकाशमान सिंहले च्यापेको चर्चा छ । प्रमुख आयुक्त कार्की र गृहमन्त्री गौतमसँग निकट सम्वन्ध बनाएका प्रहरीका ठेकेदार भट्टले नेपाल प्रहरीमा हतियार, लत्ताकपडालगायतका आवश्यक सामाग्री आपूर्ति गर्दै आएका छन् । त्यसैक्रममा भट्ट र डीआईजी थापाको सम्वन्ध एकाएक नजिकिन पुगेको हो । हाल डीआईजी थापा लागूऔषध नियन्त्रण ब्यूरोमा कार्यरत छन् भने श्रेष्ठ अख्तियारमा । बरिष्ठताको आधारमा थापा ११ औं नम्बरमा पर्छन् भने श्रेष्ठ ८ औं नम्बरमा । प्रवन्ध शाखाका लामो समयसम्म बसेका डीआईजी थापासँग अकुत सम्पत्ति रहेको स्रोतको दावी छ ।
समाचार सहयोग – हाम्रो संदेश
|
'' Download |




No comments:
Post a Comment