.jpg)
मन्त्रालयकी उपसचिव शैलजा रेग्मीले ईराकमा मारिएका नेपालीका पीडित परिवारको आग्रहमा बार्डलाई पत्र काटिएको बताइन् । रेग्मीले अघिल्लो बर्ष भदौंमा मन्त्रालयले बोर्डलाई पत्र कोटेको जानकारी दिइन् । 'पीडित परिवारले क्षतिपूर्तिका लागि अमेरिकी अदालतमा मुद्दा दायर गरेका रहेछन्', रेग्मीले भनिन्,'मुद्दा विचाराधीन रहेकाले चलचित्र प्रदर्शनमा रोक लगाउन पीडित परिवारले गरेको आग्रह अनुसार बोर्डलाई पत्र काटेका हौं ।'
२०६१ भदौंमा इराकमा आतंककारीले १२ नेपालीलाई गोली हानी हत्या गरेको भिडियो सार्वजनिक गरेका थिए । फिल्मका निर्देशक अरुण प्रधानले आफूले पीडित परिवारसँग स्वीकृति लिएर उनीहरुसँग गरेको अन्तर्वार्ताकै आधारमा फिल्म बनाएको दाबी गरे ।
'केही दिन अघि बोर्डमा सेन्सरको सिफारिस लिन जाँदा मन्त्रालयले पत्र काटेको भन्ने थाहा भयो', प्रधानले भने,'फिल्म नै नहेरी प्रदर्शनमा रोक लाग्ने गरी पत्र काट्नु कत्तिको जायज हो ?'
निर्देशक प्रधानले सेन्सर बोर्डमा नगई चलचित्र रोकिनु दुर्भाग्य भएको टिप्पणी गरे । 'सेन्सर बोर्डले फिल्म हेरेर कुन कुन दृश्यमा आपत्ति हो भन्ने भन्नुपर्थ्र्यो', प्रधानले भने,'पीडितकै पक्षमा फिल्म बनाएको हुँ ।'
अघिल्लो बर्ष जेठदेखि सुटिङ गरिएको फिल्मको फस्ट लुक अघिल्लो बर्ष भदौं १५ मा सार्वजनिक गरिएको थियो । फिल्म यसअघि नै हङकङमा प्रिमियर भइसकेको छ ।
थप भिडियो हेर्न यहाँ
थप भिडियो हेर्न यहाँ
'' Download |
No comments:
Post a Comment