ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Monday, 26 May 2014

चारहजार हस्तिलाई निमन्त्रणा दिएका मोदीले आफ्नै श्रीमतीलाई भने छुटाए..

काठमाडौं, जेठ १२ – भारतमा केहीबेरमा हुने प्रधानमन्त्री सपथ ग्रहण समारोहमा सार्क मुलुकका प्रमुखलगायत विभिन्न चारहजार हस्तिलाई निमन्त्रणा गरेका नरेन्द्र मोदीले आफ्नै श्रीमती जशोदाबेनलाई निमन्त्रणा दिएका छैनन् । आफ्नो श्रीमानको सपथग्रहण समारोहमा जानका लागि तयारी अवस्थामा रहेका जशोदाबेनलाई निमन्त्रणा नगरेपछि दुखी भएर घरमै बसेकी छिन् ।

आज विश्वको नजर मोदीको शपथग्रहणतिर भएको बेला जशोदावेन भने घरमै दुःख मानेर बसेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । उनले त्यहाँको एक टेलिभिजनलाई अन्तरवर्ता दिँदै केही दिन पहिले भनेकी थिइन, मोदीले मलाई शपथग्रहणमा बोलाउनु भयो भने मेरो लागि सबभन्दा खुशीको कुरा त्यहि हुनेछ र म त्यसमा खुशीका साथ सरिक हुनेछु ।’ चुनावकै समयमा मोदीले श्रीमती जशोदावेनलाई भेटेर श्रीमतीको रुपमा प्रधानमन्त्रीको सरकारी निवासमा राख्ने आश्वासन दिएका थिए ।

सन् १९६८ मा विहे गरेका यी दुईजनाबीच केहीपछि खटपट हुँदा अलग्गै बसेका थिए तर चुनावको समयमा काँग्रेस पार्टीले मोदीको श्रीमतीलाई लिएर विरोध जनाएपछि उनी श्रीमतीलाई स्विकार गर्दै उनलाई उनकै घरमा गएर भेटेका थिए । त्यसपछि जशोदाबेनले पनि मोदीका लागि खुलेर चुनाव प्रचारमा लागेकी थिइन् । मोदीलाई जिताउनका लागि उनले विशेष ब्रत लिनुको साथै विशेष पुजा गरेकी थिइन् । आज मोदी भारतको प्रधानमन्त्रीको शपथ लिँदा जशोदाबेनलाई निमन्त्रणा दिएको छैन भन्ने कुराले भारतमा चर्चाका विषय बनेको छ ।
 थप भिडियो हेर्न तल को बक्स मा क्लिक गर्नुहोला

''
Download

No comments:

Post a Comment