ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Friday, 9 May 2014

स्पोर्ट्स कार्निभल सुरु (भिडियोसहित)

काठमाडौं, वैशाख २६ । खेलसंसार डटकमको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा स्पोर्ट्स कार्निभल सुरु भएको छ । तीन दिने कार्निभलको पहिलो दिन बिहीबार मोटरबाइक, साइकल र स्केटिङ स्टन्ट भए ।

त्यस्तै, गल्फ, क्रिकेट, आइकिडो, स्नुकर र बास्केटबलका प्रदर्शनी खेल पनि भएको थियो । कार्निभलमा विभिन्न खेलकुद प्रदर्शनी, ट्यालेन्टहन्टसँगै किनमेलका लागि खेलकुदलगायत विभिन्न सामाग्रीको स्टल पनि राखिएको छ ।

कार्निभलको दोस्रो दिन कार स्टन्ट, ६ टिमबीच रोलबलको मैत्रीपूर्ण प्रतियोगिताका साथै विभिन्न खेलको प्रदर्शनी खेल हुने आयोजकले जनाएको छ ।

नेपाल कराते महासंघको सहकार्यमा भएको कार्निभल शनिबारसम्म चल्नेछ । अन्तिम दिन आयोजकले ‘खेल संसार वर्ष खेलाडी–२०७० अवार्ड’ विजेताको घोषणा गरी स्कुटर र माउन्टेन बाइकसहित नगद पुरस्कारबाट पुरस्कृत गर्ने कार्यक्रम छ ।

अवार्डका लागि विभिन्न खेलका ९ खेलाडी मनोनयनमा परेका छन् । 

भिडियो हेर्नुहोस
बाकी समाचार हेर्नुहोस

''
Download

No comments:

Post a Comment