०७१ जेठ ४ गते
काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका ओखलढुंगाका माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ नगर्न प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् ।
आइतबार बिहान प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न सरकारी निवास बालुवाटार पुगेका दाहालले ढुंगेललाई पक्राउ गरिए आफूहरु चुप नबस्ने चेतावनी दिएका हुन् । प्रहरीले केही दिन अघि ढुंगेलसँगै जन्मकैद सुनाइएका माओवादीका पूर्वकार्यकर्ता पुष्कर गौतमलाई पक्राउ गरी जेल हालिएकोमा पनि दाहालले आपत्ति जनाएको प्रधानमन्त्री निवास स्रोतले बतायो ।
२०५५ साल असार १० गते ओखलढुंगाको टारकेराबारीमा स्थानीय उज्जनकुमार श्रेष्ठको व्यक्तिगत रिसइबीका आधारमा भएको हत्यासम्बन्धी मुद्दामा ओखलढुंगा जिल्ला अदालतले ढुंगेल र गौतमलाई दोषी ठहर गर्दै जन्मकैद सुनाएको थियो । गौतम केही दिन अघि पक्राउ परेपनि ढुंगेल अहिले पनि लुकीलुकी हिँडिरहेका छन् । गृहमन्त्री बामवदेव गौतमले ढुंगेललाई पक्राउ गर्ने बताइरहेपनि उनी अहिलेसम्म पक्राउ परेका छैनन् ।
शान्ति प्रक्रियाको साझेदार शक्ति हुनाको नाताले सबै विषयलाई सहमतिमा नै अगाडि बढाउनुपर्ने र द्धन्द्धकालिन मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोगले हेर्नुपर्ने दाहालको भनाइ थियो । तर, प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले भने संविधान निर्माण प्रक्रियालाई कसरी गति दिने र शान्ति प्रक्रियाका बाँकी रहेका काम पूरा गर्ने विषयमा छलफल केन्द्रीत रहेको बताए ।
भेटमा जनअपेक्षाअनुसार संविधान निर्माण प्रक्रियालाई गति दिन सरकार र विपक्षी दल मिलेर जानुपर्ने विषयमा पनि छलफल भएको थियो ।
यसैगरी, न्यायाधिश नियुक्ति, संविधानसभामा मनोनयन गरिने २६ जना सभासद्को विषयमा पनि छलफल भएको थियो ।
काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका ओखलढुंगाका माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ नगर्न प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् ।आइतबार बिहान प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न सरकारी निवास बालुवाटार पुगेका दाहालले ढुंगेललाई पक्राउ गरिए आफूहरु चुप नबस्ने चेतावनी दिएका हुन् । प्रहरीले केही दिन अघि ढुंगेलसँगै जन्मकैद सुनाइएका माओवादीका पूर्वकार्यकर्ता पुष्कर गौतमलाई पक्राउ गरी जेल हालिएकोमा पनि दाहालले आपत्ति जनाएको प्रधानमन्त्री निवास स्रोतले बतायो ।
२०५५ साल असार १० गते ओखलढुंगाको टारकेराबारीमा स्थानीय उज्जनकुमार श्रेष्ठको व्यक्तिगत रिसइबीका आधारमा भएको हत्यासम्बन्धी मुद्दामा ओखलढुंगा जिल्ला अदालतले ढुंगेल र गौतमलाई दोषी ठहर गर्दै जन्मकैद सुनाएको थियो । गौतम केही दिन अघि पक्राउ परेपनि ढुंगेल अहिले पनि लुकीलुकी हिँडिरहेका छन् । गृहमन्त्री बामवदेव गौतमले ढुंगेललाई पक्राउ गर्ने बताइरहेपनि उनी अहिलेसम्म पक्राउ परेका छैनन् ।
शान्ति प्रक्रियाको साझेदार शक्ति हुनाको नाताले सबै विषयलाई सहमतिमा नै अगाडि बढाउनुपर्ने र द्धन्द्धकालिन मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोगले हेर्नुपर्ने दाहालको भनाइ थियो । तर, प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले भने संविधान निर्माण प्रक्रियालाई कसरी गति दिने र शान्ति प्रक्रियाका बाँकी रहेका काम पूरा गर्ने विषयमा छलफल केन्द्रीत रहेको बताए ।
भेटमा जनअपेक्षाअनुसार संविधान निर्माण प्रक्रियालाई गति दिन सरकार र विपक्षी दल मिलेर जानुपर्ने विषयमा पनि छलफल भएको थियो ।
यसैगरी, न्यायाधिश नियुक्ति, संविधानसभामा मनोनयन गरिने २६ जना सभासद्को विषयमा पनि छलफल भएको थियो ।
|
'' Download |




No comments:
Post a Comment