ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Wednesday, 4 June 2014

नेपाली ७२ रुपैयाँ पाउने आशमा सात जनाको ज्यान लियो

(एजेन्सी)– ४५ पैसा (नेपाली ७२ रुपैयाँ) पाउने आशमा इनार ओर्लिएका ११ वर्षीय एक बालकको मृत्यु भएको छ । बालकलाई बचाउन गएका अरु ६ जनाको पनि मृत्यु भएको छ ।
फोनम पेन्ह पोष्टका अनुसार, एक ५० वर्षीय मानिसको पाँच मिटर गहिरो इनारमा ४५ पैसा र लाइटर खसाएपछि उक्त घटना भएको हो । एउटा बाँसको सहायताले ती वृद्धले आफ्नो सामान निकाल्न खोजेका थिए तर लगातारको प्रयासपछि पनि सफल नभएपछि उनले त्यो बाँस छोडेर आफ्नो बाटो लागे । इनारमा पैसा छ भन्ने कुरा थाहा पाएका एक बालकले ४५ पैसा लिनका लागि बाँसको सहायताले इनारमा ओर्लिए तर ओर्र्र्लिएको केहि समयपछि नै अक्सिजनको कमीको कारण उनको मृत्यु भयो । साथी निकै बेरसम्म पनि इनारबाट ननिस्किएपछि अर्को बालक उनलाई बचाउन जादाँ ती बालकको पनि मृत्यु भयो । यसरी नै साथीहरुलाई बचाउने क्रममा एकपछि अर्को गर्दै सातजनाको मृत्यु भएको समाचार छ । बचाउन गएका आठौँ व्यक्ति पनि निकै गम्भीर अवस्थामा बाँचेका छन् । स्थानिय अधिकारीहरुका अनुसार बालकहरुलाई साँझको समयमा इनारमा अक्सिजनको मात्रा कम हुने तथ्य थाहा नपाएका कारण उनीहरुको मृत्यु भएको बताए ।
थप भिडियो हेर्नुहोस

''
Download

No comments:

Post a Comment