.jpg)
पाँचथरको फिदिम ४ सारन्ताका बालबालिकामा विहीबार सुईको प्रयोग भएको हो । सात महिने बालक अरुण श्रेष्ठ, दुई वर्षीय आसिका श्रेष्ठ, पाँच वर्षीय होमकुमार श्रेष्ठ र छ वर्षका निर्मल श्रेष्ठलाई यो सुई लगाइएको हो
बालबालिकाका अभिभावकका अनुसार एक व्यक्तिले आफू डाक्टर भएको र नेपाल सरकारले रुघा खोकीका लागि नि:शुल्क औषधि उपलब्ध गराई आफूलाई यो क्षेत्रमा खटाएको भन्दै खोप केन्द्रमा बालबालिका भेला गराई सुई लगाएका हुन् ।
आफूलाई डाक्टर भनेर चिनाउने कृष्ण बर्देवाले चारजना बालबालिकालाई एउटै सुईको प्रयोग गरेको स्थानीय लीला श्रेष्ठले बताउनुभयो ।
स्वास्थ्यकर्मीले प्रयोग गर्ने भ्याक्सिन केरियर बक्ससहित बालबच्चालाई खोप केन्द्रमै भेला गराएपछि अभिभावकलाई डाक्टर नै होला भन्ने विश्वास भएको तर खोप लगाइसकेपछि जाँड रक्सी माग्न थालेपछि स्थानीय वासिन्दाले प्रहरीमा खबर गरेका थिए । सूचना पाउने बित्तिकै प्रहरीले ती व्यत्तिलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सञ्जिवबाबु खड्काले बताउनुभयो ।
ति व्यक्तिले प्रहरीको बयानमा आफू तेल्लोक ७ ताप्लेजुङका कृष्ण बर्देवा भएको बताएका छन् । उनको साथबाट प्रहरीले भ्याक्सिन केरियर बक्ससहित बिसिजी सुई चार थान, डिपिटी तीन थान, पोलियोको सुई तीन थान, दादुराको सुई चार थान र टिटी सुई दुई थानसहित औषधि फेला पारेको छ । बयानको क्रममा पाँचथर अस्पताल बाहिर सामान भेटाएको बर्देवाले बताएका छन् ।
उनको साथमा फेला परेका सामान जिल्ला स्वास्थ्य कार्यालयमार्फत जिल्लामा सञ्चालित स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीमा उपलब्ध गराउने व्यवस्था रहेको छ । केही दिनअघि मात्र स्वास्थ्य कार्यालयले उक्त सामानहरु जिल्लामा सञ्चालित स्वास्थ्य संस्थालाई वितरण गरेको थियो ।
भ्याक्सिन केरियर बक्समा औषधिसहित उपस्वास्थ्य चौकी चोकमागुका इन्चार्ज डम्बरलाल यादवले आगन्तुक तथा सुपरिवेक्षकहरुको फर्ममा हस्ताक्षर गरेको कागज भेटिएकाले उपस्वास्थ्य चौकी चोकमागुलाई पठाइएको औषधि दुरुपयोग भएको हुनसक्ने अनुमान गरिएको छ ।
जनस्वास्थ्य प्रमुख शम्भुकुमार शाहका अनुसार चोकमागु उपस्वास्थ्य चौकीका भ्याक्सिनेटर खिमनाथ तिम्सिनाले गत जेठ १६ गते उपस्वास्थ्य चौकीको भ्याक्सिन केरियर बक्स बुझेका थिए । जनस्वास्थ्य कार्यालयबाट प्राप्त भएको औषधि कुनै पनि स्वास्थ्य संस्थाले दुरुपयोग गरेको भेटिए विभागीय कारबाही हुने शाहको भनाइ छ । नक्कली डाक्टर बन्ने बर्देवालाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दर्ताको तयारी भइरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।
थप भिडियो हेर्नुहोस
'' Download |
No comments:
Post a Comment