ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Sunday, 8 June 2014

ब्रिफकेस ल्याउनेको टाउको फुटाइदिन्छु: मन्त्री पण्डित

 विराटनगर : सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी सरुवाबढुवाका लागि कोही ब्रिफकेस बोकेर मन्त्रलाय आए त्यसैले हानेर टाउको फुटाइदिने बताएका छन्। विराटनगरमा आइतबार आयोजित निजामती सेवाका समस्या, चुनौती र समाधानका उपायविषयक अन्तरसंवादमा मन्त्री पण्डितले भने, 'कोही यसरी मेरासामु आए त्यही ब्रिफकेसले हानेर टाउको फुटाइदिन्छु। त्यतिखेर मलाई मानवअधिकारको कुरा नसम्झाउनुहोला।'

मन्त्री पण्डितले आफ्नो सेवासुविधाका विषयमा सचेत रहेका कर्मचारी जनतालाई सेवा दिने विषयमा भने उदासीन रहेको बताए। उनले भने, 'निजामती कर्मचारीमा नौतिकता र इमानदारीको अभाव छ। जनताले कर्मचारीलाई विश्वास नै गर्दैनन्। उनीहरूप्रति उत्तरदायी हुनुको सट्टा निरपेक्ष र उदासीन हुने कर्मचारीकै कारण समग्र प्रशासनले दुर्नाम कमाएको हो।' सेवा र सुविधाकै मात्र कुरा गर्ने, सरुवाबढुवामा बढी चासो दिने तर पहिलो प्राथमिकताको काम जनताप्रति उत्तरदायी नहुँदा समस्या थपिएको उनले बताए।

'जनताको सामान्य समस्या समाधान गरिदिए मात्र पनि जनता खुसी हुने थिए', पण्डितले भने। उनले निजामती सेवा एेनको चौथो संशोधनबाट विद्यमान समस्या समाधान हुने जिकिर गर्दै पीआर, ग्रिनकार्ड र डीभी लिएका कर्मचारीलाई सरकारको सुविधा लिने कुनै अधिकार नरहेको बताए।

मन्त्रालयका सचिव इन्द्रप्रसाद उपाध्यायले सरकारले नि:शुल्क उपलब्ध गराउने वस्तुसमेत शुल्क तिरेर जनताले लिनुपर्ने बाध्यताका कारण जनताबाट निजामती कर्मचारीप्रतिको विश्वास घट्दै गएको बताए। उनले भने, 'कर्मचारीमा हाकिम हुने र बढुवाको चिन्ता छ तर जनसेवाको भावना भने पटक्कै छैन।' मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले संघीय गणतन्त्र नेपालको प्रशासनको ढाँचा के हुने भन्ने विषयमा पनि छलफल हुन आवश्यक रहेको बताए। उनले भने, 'कर्मचारीले पाउने सेवा र सुविधा अन्यत्रको भन्दा थोरै भएकाले पनि धेरै विकृति बढेको हो।'

कोष तथा लेखा नियन्त्रण कार्यालय विराटनगरका प्रमुख गणेशकुमार कार्कीले सक्षम प्रशासकले नेतृत्व गरे पनि नेपाली प्रशासन अक्षम रहेको बताए। उनले भने, 'कर्मचारी काठमाडौंमै घरजग्गा जोड्ने गरी उतै थुप्रिएका छन्। आन्तरिक बसाइँसराइलाई यसले बढाएको छ।' क्षेत्रीय हुलाक निर्देशनालयका निर्देशक डगीन्द्र पराजुलीले निजामती सेवा ऐनका कतिपय कमजोरीका कारण समस्या उत्पन्न भएको बताए। कार्यक्रममा स्थानीय विकास मन्त्रालयका सहसचिव सुरेश अधिकारीले निजामती प्रशासनका समस्या तथा चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
भिडियो हेर्नुहोस

''
Download

No comments:

Post a Comment