ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Friday, 4 July 2014

बेहुलाको खरिद बिक्री हुने भव्य मेला सुरु

जनकपुरधाम : परम्परागत रूपमा प्रत्येक वर्ष आषाढ द्वितीया तिथिमा सुरु हुने बेहुला खरिद बिक्री हुने सौराठ सभा सीमावर्ती विहारको मिथिलाञ्चलमा सुरु भएको छ ।

खासगरी ब्राह्मण समाजमा विवाहका लागि हुने अद्भूत र रोमाञ्चकारी यस प्रथा सीमावर्ती मिथिलाञ्चलअन्तर्गत भारत मधुवनीको सौराठ गाउँमा देख्न पाइन्छ। यहाँ प्रत्येक वर्ष बेहुलाको भव्य मेला लाग्छ र दलालको माध्यमबाट सार्वजनिक रूपमा बेहुला खरिद बिक्री हुने गर्छ।

सौराठ सभाको सुरुवात १४औँ शताब्दीतिर कर्नाटक वंशका राजा हरिसिंह देवले गरेका हुन्।सन् १३२६ इस्वीमा राजा हरिसिंह देवले अविवाहित मैथिल ब्राह्मण युवकबीच शास्त्रार्थ गराएका थिए। लामो समयसम्म चल्ने त्यो प्रतियोगितामा वेद, वेदान्त, योग, न्याय आदि विषयमा गहन चर्चा परिचर्चा हुने गर्दथ्यो।

त्यस प्रतियोगितामा भाग लिएका मैथिल ब्राह्मणको विद्वता देखेर राजा निकै प्रभावित भई सहभागी सबै ब्राह्मण युवकलाई उपहारस्वरूप एक–एक कन्या दिए। भनिन्छ, त्यही बेलादेखि प्रत्येक वर्ष सौराठ सभाको आयोजनाले निरन्तरता पाइआएको छ ।

केटी पक्षका मानिसहरू आफ्ना छोरीका लागि योग्य बरको खोजीमा सौराठ सभामा आउने गर्दछन्। केटाको योग्यताअनुसार बर–बधुको मेल यहाँ हुन्छ। तर समयको परिवर्तनसँगै यो परम्परामा रूपान्तरण भई सौराठ सभा अब मैथिल कन्याका लागि बेहुला खोजी गर्ने एउटा प्रमुख केन्द्र बनेको छ।

सौराठ गाउँमा पोखरी किनारमा रहेको प्राचीन पिपलको रुखमुनि मेला लाग्दछ। पोखरी नजिकै महादेवको ऐतिहासिक तथा प्राचीन मन्दिर रहेको छ। सौराठ सभामा विवाह गर्न चाहने बेहुला मैथिली वेशभूषा धोती, चन्दन, टीका, गाजल तथा रातो टोपी (पाग) लगाएर अभिभावकसँगै भूइँमा ओछ्याएको दरीमा बसेका हुन्छन्।

यदि कुनै केटी पक्षले केटा मन परायो भने बेहुलाको खानदान, उमेर, आर्थिक हैसियत र सम्भावित (दाइजो) बारे कुराकानी हुने गर्दछ।समयसँगै पञ्जिकार (केटाकेटी दुवै पक्षबीच कुरा मिलाउने मुख्य व्यक्ति)को भूमिकामा परिवर्तन आएको छ। केटा र केटी पक्षबीच दाइजोका लागि हुने सौदाबाजीमा उनको प्रमुख भूमिका हुन्छ। पञ्जिकारले रकम पाए कुरूप केटीलाई बत्तीस लक्षणले युक्त रहेको कन्या र केटालाई महापण्डित बनाएर सौदाबाजी गर्ने गर्दछन्।

परापूर्वकालमा सौराठ सभाको सुरुवात मैथिल ब्राह्मणको कल्याण र धनी तथा गरिबबीचको भेदभाव हटाउने प्रथाका रूपमा रहेको थियो तर कालान्तरमा आएर यो अहिले दुलहा बिक्री केन्द्र र दाइजो प्रथालाई संस्थागत गर्ने थलोका रूपमा विकसित हुन थालेको छ।

केटाको मोल उनको पारिवारिक हैसियत, शैक्षिक योग्यता र पेसाअनुरूप लाग्ने गर्दछन्। सरकारी जागिर भएका, डाक्टर र इन्जिनियर रहेका केटाको मोल रु १५ लाखदेखि रु २० लाखसम्म हुने गर्दछ। बेहुला खरिद बिक्रीमा लमीको भूमिका निर्वाह गर्ने पञ्जिकारको कमिसन भने सुरक्षित रहने गर्दछ।

आषाढको द्वितीयदेखि दशमी तिथिसम्म नौ दिन चल्ने यो सौराठ सभाको आकर्षण अहिले केवल गरिब ब्राह्मण परिवारमा सीमित हुन पुगेको छ। केही वर्षअघिसम्म हजारौँको सङ्ख्यामा मैथिली ब्राह्मणहरूले भाग लिने यो सभामा अहिले सहभागीहरूको सङ्ख्या घटेर गएको छ।

प्रतिष्ठित ब्राह्मण समाजका अगुवाहरू भन्दछन् – सभा अविवाहित मैथिल युवकको बिक्री केन्द्रका रूपमा बदनाम भएकाले यसलाई परिवर्तन गर्न र विशुद्ध सांस्कृतिक रङ्ग दिन आवश्यक भएको छ । - रासस
थप भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

''
Download

No comments:

Post a Comment