ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Sunday, 29 December 2013

अधुरो प्रेम एक सत्य प्रेम कहानी

           अधुरो प्रेम

                                भाग – १
       जिन्दगीको अमुल्ल्य यात्रा को दौरान मा विभिन्न बाधा हरु संग मित्रता गासि पढाई को सिल सिला मा तनहुँ जिल्ला को सामुंग भगबती पुर् – २ वान्तेंग खोला मा जन्मी हुर्की श्री दीपक माध्यमिक बिद्यालय मा  १० कक्षा सम्म र तेस पछी SLC मा असफल भए पछी  तेतिकै घर मै फाल्तु दिन हरु बित्दै थिय यसै बेला मा हाम्रो नेपाल को स्थिति पनि ठिक नभाको कारण मलाई आफ्नो जन्म भुमि छोडेर सहर मा बस्न बाध्य हुनु पर्यो त्यो बाध्यता को कारण थियो तत्कालिन जन युध्ह मा होमिएका एकिकृत माओबादी  र नेपाल सरकारको  दोहोरो भिडन्त म एक नेपाली सेनाको परिवार भएको कारण तेतिबेला को दोंद्कारी कारी को नजर मा म पर्न पुगे र सरिर को माया ले गर्दा घर भन्दा केहि पर नेपालको अति सुन्दर नगरी पोखरा लाइ मैले आफ्नो अस्थाई बसोबास बनाए र तेस पछि को दिन हरु रमाइलो र खुसि का साथ् बित्न थाले कहिले कहिँ घर मा आउदा बेलुकी पख आउने र बिहानै त्यो ठाउ छोडी पोखरा जाने गर्न थालियो पोखरा मा पहिला पहिला आफुलाई घुलमिल गर्न निकै गारो भए पनि केहि समय मा नै त्याहा धेरै साथी हरु बनाए अनि तेही बसेर मैले असफलता हात परेको SLC को परिक्षा को लागि तयारी गर्न थाले .
     पढाइ  संगै हाम्रो अतिरिक्त काम काज पनि हुन् थाल्यो  तेती बेला बिशेष गरेर पोखराको अति सुन्दर मानिएको सुन्दर अनि नेपलको मात्र नभई बिश्व को प्रयेटक को जमघट स्थल मानिएको फेवा ताल मा बोटिंग गर्ने अनि फेवा ताल मा पौडी खेल्दै बिदेशी नागरिक संग चिन जान गर्दै अनि उनीहरु संग बोटिंग गर्दाको क्षद् अजि पनि मेरो मानसपटल मा ताजा नै छ येसरी दिन बित्दै गैरहेको थियो र एक दिन बिशेष म साहित्य को विधा मा अलि बधी  चासो दिने भएको कारण म हाम्रो तनहु जिल्ला को सदरमुकाम दमौली बाट प्रकासित हुने साहितिय्क पत्रिका “ हरफ “ पत्रिका को  बिशेस स्थान मा थिय  येही हाम्रो सहितिय्क अभियान को पहिलो बार्षिक उत्सोब मा म बिहानै पोखरा बाट दमौली प्रस्थान गरे लगभग म १:३० मिनेट को बस यात्रा पछि दमौली पुगियो अनि बार्षिक उत्सब को काम लाइ अगी बढाउन हामि सबै साहित्य प्रेमी को मिलो मतो मा तयारि पुरा गरि कार्यक्रम सुरु गरियो हाम्रो यो सहितिय्क अभियान मा तनहु जिल्लाको हरेक क्षेत्र बाट साथी हरु को उपस्थिति थियो र छिमेकि जिल्ला बाट पनि धेरै हाम्रा साहित्य प्रेमी मित्र हरु पनि उपस्थित हुनुहुन्थ्यो . कार्यक्रम को उधघाटन संगै प्रधान सम्पादक जी ले पानस मा दियो प्रोज्लन गरि मिठो २ टुक्का गजल सुनाउनु भयो  येसरी नै विभिन्न साथी हरु को साहित्य को बिभिन्न गजल कविता लेख रचना हरु अनि बीच बीच मा हास्य ठात्योउली जोक्स हरु पनि आय तेस पछी मेरो पालो आयो अनि म पनि पहिलो पटक मंच मा गएर dअर्सक सामु उभिएर बोल्नु अलि कस्तो कस्तो लागि रहेको थियो तै पनि हिम्मत जुटाएर मंच मा गएर अभिबादन सहि आफ्नो परिचय अनि आफ्नो बारेमा केहि बताय र तेती बेला मैले पनि केहि न केहि साहित्य पेस गर्नु पर्ने भएको कारण आफु संग जिबन मा घटेको सानो कविता बाचन गरे जसको सिर्शक थियो ( युध्ह बिराम ) जब म यो कबिता बाचन गर्दै थिय सबै को अनुहार एक दम मनिल भै रहेको थियो जुन रचना मैले बास्तबिक परिप्रेक्ष लाइ लक्षित गरि लेखिएको थियो जुन २ हरफ मा भन्नु पर्दा ....
गौतम बुध्ह जन्मेको सान्ति भुमि नेपाल मा
आज किन एस्तो दोन्ध चल्दै छ II
आफ्नै घरको दाजु भाइ आपस मा लडी
किन रगत को खोलो बगौदै छ II
यो कविता ले सबै को मन मा चिन्तापूर्ण भाव झल्काइ दियो अनि जब मेरो पालो सकियो र अरु  साथी हरु को पालो आयो एबम रित ले कार्यक्रम अगाडी बडी रहेको थियो  यसै बीच मा कार्यक्रम प्रोस्ताता ज्यु ले अर्का सहभागी लाइ निम्तो दिनु भो उहा हुनुहुन्थ्यो बन्दीपुर बाट नाम परिबर्तन (सबिना जोशी ) उहा ले पनि मेरो प्रस्तुति लाइ निकै मन पराउनु भएछ र उहा ले पनि आफ्ना प्रस्तुति लाइ अगाडी बढाउनु भयो र अन्त मा जोड दार तालि ले उहा को प्रस्तुति लाइ सम्मान गरियो I   दिन भरि को थकान पछी बेलुकी हामी सबै जना आफ्नो गन्तब्य तिर जान तयारि गरेउ म सबिना जोसी संग सामान्य परिचय अनि बोल चा ल भयो र बस पार्क सम्म बोल्दै आयोउ जब बस पार्क आइपुगियो मेरो मन मा कता कता नमजा लागिरहेको थियो त्यो किन भने भर्खर परिचित सहितिय्क मित्र सबिना जी संग अलग हुनु पर्ने थियो एस्तो मन मा सोच्दा सोच्दै दमौली बाट डुम्रे हुदै बन्दीपुर जाने बस आइ पुग्यो र सबिना जी ले पनि म लगाएत सम्पूर्ण साथि संग बिदा बादी भइ बस मा चद्नु भयो अनि केहि समय मा नै बस ले आफ्नो गन्तब्य को बाटो ततायो अनि उनि जाने बाटो तिर धेरै बेर सम्म हेरी रहे मन भरि भिन्न कौतुहलता पूर्ण भाबना हरु बोकेर हेरिरहे ........ हेरिरहे ....... टाडा सम्म ...... टाडा सम्म ..... हेरी रहे .... क्रमस ..........
                      श्री राम श्रेष्ठ (टेन्सन पासा )

                      हाल : दम्माम  साउदी अरबिया 


No comments:

Post a Comment