ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Thursday, 20 March 2014

हिन्द महासागरमा भेटिएका सम्भावित टुक्रा बेपत्ता मलेसिया विमानको हुन सक्ने अनुमान (अपडेट)

काठमाडौं, चैत्र ६ । अष्ट्रेलियाले डेढ हप्तादेखि बेपत्ता मलेसियन विमानको टुक्रा जस्तो देखिने दुई वस्तुको अनुसन्धान भैरहेको जनाएको छ । हिन्द महासागरमा भेटिएका ती वस्तु अष्ट्रेलियाको पर्थदेखि दक्षिण २५ सय किलोमिटरको दूरीमा रहेको अष्ट्रेलियाली अधिकारीहरुले बताएका छन् ।
स्याटलाईटबाट प्राप्त तस्वीरहरु मध्ये एउटा टुक्रा २४ मिटरको रहेको बताइएकोछ । तर, अधिकारीहरुले उक्त टुक्रा बेपत्ता विमानसँग सम्बन्धित नहुन सक्नेतर्फ पनि सचेत गराएका छन् । अष्ट्रेलियाले दक्षिणी हिन्द महासागरमा विमानबाट खोजी गरेको छ ।
पत्रकार सम्मेलनमा मलेसियाका यातायात मन्त्री हिसाम्मुद्धिन हुसेनले हिन्द महासागरमा देखिएको उक्त वस्तु विमानकै टुक्रा हुने सक्ने भन्दै बेपत्ता विमानको खोजीमा भरपर्दो संकेत हुने विश्वास ब्यक्त गरे ।

मलेसियाको क्वालालाम्पुरबाट बेइजिङका लागि उडेको एमएच ३७० विमान गत मार्च ८ देखि बेपत्ता छ । विमानमा चालक दलका सदस्य सहित २ सय ३९ यात्रु सवार थिए ।
विमानको खोजीमा २६ राष्ट्र संलग्न छन् । विमान हराएको सम्भावित स्थानको खोजी भए पनि कुनै पनि भरपर्दो तथ्य फेला पर्न सकेको छैन् । (एजेन्सी)

No comments:

Post a Comment