धादिङ, चैत्र १ - बलात्कारको घटनामा सार्वजनिक मुद्दा दर्ता गराएर विवादमा आएका यहाँका प्रहरी प्रमुख (डिएसपी) आशोक सिंहले शनिवार गृहमन्त्रीसँग आफू अप्ठ्यारोमा परेको गुनासो गरेका छन् ।
.jpg)
पीडितको स्वास्थ्य परीक्षण रिपोर्ट लुकाएर प्रहरी, पीडक र पीडितको आफन्तको मिलेमतोमा बलात्कारको घटना ढाकछोप भएको थियो । सल्यानटार गाविसकी २७ वर्षीय सुस्तमनस्थिति भएकी युवतीमाथि भएको बलात्कारको स्वास्थ्य परीक्षण रिपोर्ट प्रहरी कार्यालयबाटै गायब भएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित भएको थियो ।
समाचार प्रकाशित भएपछि क्षेत्रिय प्रहरी कार्यालयले छानविन सुरु गरेर कारवाही अघि बढाएको छ । कारवाहीका क्रममा प्रहरी निरीक्षक बालकृष्ण पोखरेल र मुद्दा इन्जार्ज मनिराम भट्ट क्षेत्र तानिएका छन् भने अस्पतालमा कार्यरत प्रहरीलाई घर बिदामा पठाइएको छ । प्रहरीले बलात्कारको घटना लुकाउने गरेको सार्वजनिक भएपनि मानवअधिकारबादी संघसंस्थाले अध्ययन थालेका छन् ।
यसअघि पनि सिंहले जिल्लास्थित राजनैतिक दलका नेताहरु, सभासद्, व्यवसायी, प्रमुख जिल्ला अधिकारी, अन्य कार्यालय प्रमुख, संचारकर्मीहरुसँग हारगुहार गर्दै आएका थिए । बलात्कारको घटनामा सार्वजनिक मुद्दा दर्ता भएपछि आरोपी श्यामकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् । प्रहरी र अधिकारकर्मीले छानविन सुरु गरेको जनाएपनि अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेका छैनन् । प्रतिवेदन सार्वजनिक गर्ने दावी भने गरिएको छ ।
No comments:
Post a Comment