स्मार्टफोन बजारमा आइफोन र सामसुङ ग्यालेक्सी सेरिज चीर प्रतिद्वन्द्वी हुन् । प्रयोगकर्ता पनि यी दुई सेरिजमा उपलब्ध सेवाको तुलना गरेर कुन किन्ने भन्ने निर्णय गर्छन् ।
सामसुङले हालै ग्यालेक्सी एस ५ सेरिज सार्वजनिक गरेको छ । अपि्रल ११ बाट बिश्वब्यापी रिलिज हुने यो मोडलमा प्रतिस्पर्धी आइफोन ५एसमा नभएका धेरै रोचक फिचर छन् ।
हामी आज तपाईलाई ग्यालेक्सी एस ५ मा उपलब्ध यस्ता १३ वटा बिशेषताबारे जानकारी दिँदै छौं जो आइफोनमा उपलब्ध छैनन् ।
यसमा रहेको विशेषताहरु निम्न छन्ः
-१) यसमा तपाईंले फिंगरप्रिन्टको प्रयोग गरी फोनकै माध्यमले भुक्तानी गर्न सक्नु हुनेछ । ‘पे पाल’सँगको सहकार्यमा सामसुङले यो सेवा दिएको हो ।
-२) यो फोन पानीमा डुबाउँदा पनि केही असर पर्ने छैन । तर तपाईं हामीलाई थाहा भएकै कुरा हो, आइफोन पानीमा डुबाउँदा के हुन्छ ?
-३) यसको क्यामेरा पनि निकै क्षमतायुक्त हुनेछ । १६ मेगापिक्सेलको यसको क्यामेराले आइफोनभन्दा राम्रो फोटो खिच्नेछ । किनकी आइफोनको पछिल्लो भर्सन ‘५ एस’मा जम्मा आठ मेगापिक्सेलको क्यामेरा छ ।
-४) यो स्मार्टफोनमा १६ जीबी र ३२ जीबी मेमारी क्षमता रहनेछ । हुन त, आइफोनमा ६४ जीबीसम्मको मेमोरी सुविधा छ, तर ग्यालेक्सी एस फाइभमा माइक्रो एसडी मेमोरी कार्ड स्लट रहनेछ, जुन १२८ जीबीसम्म एक्सपान्ड गर्न सकिनेछ ।
-५) यसमा फन्ट फेस क्यामराको क्षमता पनि अब्बल रहनेछ । यसले फोटोमा धब्बा आउने अर्थात् फाटिने सम्भावना रहने छैन ।
-६) ग्यालेक्सी एस फाइभ पहिलो फोन हुनेछ जसमा लाइभ एचडिआर प्रिभ्यू जडित छ । यसको मद्दतले तपाईंले फोटो खिच्नुअघि त्यसको सम्भाव्य इफेक्ट स्क्रिनमा हेर्न सक्नुहुनेछ ।
-७) यो स्मार्टफोनको मद्दतले तपाईंले चार गुणा बढी एचडी रिजोलुसनयुक्त भिडियो खिच्न सक्नु हुनेछ । जुन अहिलेको मोबाइलभन्दा अब्बल मान्न सकिनेछ ।
-८) ग्यालेक्सी एस ५ विभिन्न मोडमा तपाईंले फोटो खिच्न सक्नुहुनेछ । यसमा सरलीकृत इन्टरफेस र किड्स मोडको कारण यसको प्रयोगमा सहज हुनेछ ।
-९) यसमा ब्याट्रीको खपत घटाउने क्षमता रहनेछ । स्क्रीनको सेतो र कालोपना कम गरी ब्याट्रीको खपत घटाउने फिचर राखिएको छ । व्याट्रीको शक्ति घटेको बेला फोन मोनोक्रोम पावर सेभिङ मोडमा पुग्छ । यसले ब्याट्रीमा निहीत शक्तिबाटै दोब्बर कार्यक्षमता हासिल गर्दछ ।
-१०) व्याट्रीको क्षमता खस्किदै गएपछि फोनमा रहेको एसिडले सेटमा रहेको अन्य पार्टपूर्जा खराब पार्दछ । तर यो सेटमा यस्तो समस्या आउँदैन, अर्को व्याट्री परिवर्तन गर्नुस्, समस्या दूर । आइफोनमा पनि यो विशेषता छैन ।
-११) यो मोडलको निर्माण हर्ट रेट सेन्सरको आधारमा गरिएको छ । यसबाट तपाईंले आफ्नो शरिरको धड्कन पत्ता लगाउन सक्नु हुनेछ । यसको दाहिने कुनामा रहेको फिटनेश एप दबाउँदा तपाईंले यो सूचना पाउनु हुनेछ । अचेल धेरैखाले एप्स छन्, जुन तपाईंले आई फोनमा झैं डाउनलोड गरी मोनिटरको रुपमा प्रयोग गर्न सक्नु हुनेछ ।
-१२) ग्यालेक्सी एस ५ तपाईंले रिमोटसरह चलाउन सक्नु हुनेछ । किनकी, यो सेटको माथिल्लो भागमा इन्फारेड ब्लाष्टर जडित छ ।
-१३) यसमा भएको डाइनामिक इमेज चिपले फोटोमा प्राकृतिक रुप अर्थात् नेचुरल इमेज बनाउनेछ । यसले फोटोमा रङ र पृष्ठभूमि आफैं मिलाउने गर्दछ ।
No comments:
Post a Comment