
तर, एक सिनियर प्रहरी अधिकारी पनि हालै मापसे आतंकमा परेका छन् । मापसे गरेर सवारी चलाएकोमा नभई ड्युटीमा बसेकोमा महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी केदार खनाल फन्दामा परेका हुन् । सोही कारण डिएसपी खनाल त्यहाँबाट सरुवा मात्र भएनन् एक रात थुनामा समेत परे । अन्य अभियुक्तलाई जस्तै गरी काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेल परिसरको भ्यानमा उनलाई नियन्त्रणमा लिई वीर अस्पतालमा लगेर मेडिकल गराई परिसरको कोठामा ल्याएर एक रात थुनेका हुन् । स्पष्टीकरण सोधेर डिएसपी खनाललाई उनले विभागीय कारबाही पनि थालेका छन् । यसअघि आकस्मिक ब्रिफिङमा बोलाउँदा बिरामी भएको भन्दै मदिरा पिएर बस्दा ललितपुरका एसएसपी रमेश भट्टराई आइजीपी उपेन्द्रकान्त अर्यालको फन्दामा परेका थिए ।
उता, उपत्यकाका कतिपय इन्चार्ज भने खरेललाई झुक्याउँदै कमाउन सफल भइरहेका छन् । कालिमाटी, बालाजु तथा गौशलाका डिएसपीले गोप्य रुपमा रकम असुलिरहेको स्रोत बताउँछ । कालिमाटी वृत्तका डिएसपी यज्ञविनोद पोखरेलले घुस खाएको कारबाहीका लागि तानिएका बिट इन्चार्जलाई दुई सातामै पुन: त्यही बिटमा फर्काए पनि उनको चरित्र नागिंएको छ । कलंकीको एक गेष्टहाउसबाट पक्राउ परेका जोडीलाई घुस खाएको आरोपमा तानिएका बाफल बिटका हवल्दार थापालाई दुई सातामै पुन सोही बिटमा फर्काएका छन् ।
No comments:
Post a Comment