ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Wednesday, 26 March 2014

अचानक फेसबुक साथी किन गर्भवती भइरहेका छन ?

आजकल फेसबुकमा साथीहरुका अनौठा स्टाटस देखिन थालेका छन् । बिहे नै नगरेका केटी साथीहरु गर्भवती भएको स्टाटस राखिरहेका छन, ज्वाईं खोज्ने बेला भएका बुढाहरु भर्खरै प्रेममा परेको उल्लेख गरिरहेका छन् अनि कतिले पाँच दिनदेखि नुहाउन नपाएको त कतिले हप्तामै ५ किलो तौल घटाएको लेखिरहेका छन् ।
Facebookआखिर यस्ता स्टाटस कसरी आए भनेर तपाई अचम्ममा परिरहनुभएको होला ? कतिपयलाई तपाईले कमेन्ट पनि गर्नुभयो होला यो उमेरमा कसरी प्रेममा परियो वा गर्भवती भइयो ? भनेर ।

वास्तवमा यी स्टाटसले तपाईको साथीको अबस्थालाई बताउँदैन् । यो एक फेसबुक गेमको कमाल हो जसको प्रयोग अहिले फेसबुकमा निकै मौलाएको छ ।
निश्चीतरुपमा तपाईले यस्ता स्टाटसमाथि लाइक वा कमेन्ट गर्नुहुन्छ । केहीवेरमा तपाईको इनबक्समा एउटा म्यासेज आउने छ जसमा तपाईंलाई पनि यस्तै स्टाटस छनौट गर्न भनिने छ ।
म्यासेज यस्तो हुनेछ-
“The person who likes/comments has to choose one of the following to post on his/her timeline.
1. I’ve been in 42 relationships, 2. I think I like someone, what should I do?, 3. My mom arranged me for a blind date, 4. Someone invited me to be a prostitute, what should I do?, 5. I forgotten to wear my underwear today, 6. I am gonna confess, support me, 7. I still love my ex 8. We are getting married in a few days.
Note: you should not explain anything, just post and leave it for at least a day
तपाईले यी स्टाटसमध्ये एक छानेर टाइमलाइनमा पोष्ट गर्नुपर्ने छ र २४ घण्टासम्म राख्नुपर्ने छ ।
फगत रमाइलोका लागि राखिएका यस्ता फेसबुक स्टाटसका कारण धेरै प्रयोगकर्ताले गेम निर्मातालाई गाली गर्न पनि थालेका छन् ।
अनलाइन खबर

No comments:

Post a Comment