ब्लग या साइट बाट $ कमाउन चाहनुहुन्छ भने यहाँ sign up गर्नुहोस

Advertisement

''

Download

Sunday, 30 March 2014

मञ्जु महतको परिवारलाई क्षतिपूर्ति दिने सहमति

१६ चैत, काठमाडौं । कलाकार र यातायात व्यवसायीबीच सवारी दुर्घटनामा ज्यान गुमाएकी लोक तथा दोहोरी गायिका मञ्जु महतको परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको छ । सहमतिपछि महतको परिवार शव बुझेका छन् । यसअघि उचित क्षतिपूर्ति माग गर्दै कलाकारहरुले आइतबार विहान लैनचौर गल्कोपाखामा प्रदर्शन गरेका थिए भने गृहमन्त्री वामदेव गौतमलाई भेटेर दोषीलाई कारबाही गर्न माग गरेका थिए ।

दिउँसो भएको वार्तामा उपचारका क्रममा ग्राण्डी अस्पतालमा भएको खर्च तिर्ने र महतको परिवारलाई १० लाख ५० क्षतिपूर्ति दिने सहमति भएको गायक बद्री पंगेनीले अनलाइनखबरलाई बताए । यस्तै दुर्घटना भएको मठेल-सामाखुसी मार्गलाई मञ्जु महत मार्ग घोषणा गर्न व्यवसायी सहमत भएका छन् । महतको सोमबार अन्त्यष्टि गरिनेछ । त्यसअघि प्रज्ञा भवनमा श्रद्धान्जलीका लागि राख्ने तयारी भइरहेको छ ।

No comments:

Post a Comment